१२ बैशाख २०८१, बुधबार | April 24, 2024

माधव नेपालसहित ११ नेताबाहेक सबै नेताहरुलाई एमाले बैठकमा निम्ता



काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक भोलि बुधबार बस्दैछ । बैठकमा माधवकुमार नेपाल समुहका नेताहरुलाई पनि निम्ता पठाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेपाल पक्षका नेताहरुलाई बोलाइए पनि नेपालसहित ११ जना नेतालाई भने बोलाइएको छैन ।

नवौं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय कमिटी सदस्यहरुलाई निमन्त्रणा पठाइएको कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।

नेता नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जना नेतालाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका छन् ।

महाधिवेशन आयोजक कमिटीको बैठकले सो कमिटी खारेज गर्दै जेठ २, २०७५ को पूर्ववत कमिटी पुनर्स्थापित गर्ने बताइएको छ । माधव नेपाल समुहले जोडदार रुपले उठाउँदै आएको एमालेको पूर्ववत कमिटीकै बैठक बोलाउँदा सो समुहका सबै नेताहरु उपस्थित हुने ओली पक्षको बुझाइ रहेको छ ।

तर, सोमबार मात्रै नेता माधवकुमार नेपाललाई निम्नस्तरको गाली गरेर ओलीले सो समुह प्रतिको दृष्टिकोण भने प्रष्ट पारेका छन् । सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि बाध्यतावस पूर्ववत कमिटीको बैठक बोलाउन बाध्य भएको नेपाल पक्षको बुझाइ रहेको छ । ओली यसरी बैठक बोलाएपनि तत्कालै सोही बैठकमार्फत पुनः महाधिवेशन आयोजक कमिटीमा सदस्यहरु थपेर पहिले जस्तै बनाउने सो समुहले आशंका गरेको छ ।

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ६ : २५ बजे

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा