१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

छलफलका लागि निर्वाचन आयोगले बोलायो जसपाका दुवै पक्षलाई



काठमाडौं । निर्वाचन आयोगल जनता समाजवादी पार्टी जसपाका दुई पक्षलाई छलफलका लागि बोलाएको छ ।

आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षलाई छलफलका लागि असार २२ गते बोलाएको हो । दुवै पक्षले एकअर्का विरुद्ध कारवाही गर्दै पार्टीको आधिकारिकताका लागि दाबी गर्दै आयोगमा निवेदन दिएपछि आयोगले बोलाएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम उनीहरूलाई छलफलका लागि बोलाइएको आयोगले जनाएको छ । आयोगले दुई पक्षबीचको विवाद निरुपणका लागि आपसी सहमति गराउन बोलाएको हो ।

पार्टीको अधिकारिकताको दाबी गर्दै यही असार ४ गते उपेन्द्र यादव पक्षले आयोगमा निवेदन दिएपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन पत्र लेखेको थियो । त्यसपछि पुषमा बसेको कार्यकारिणी बैठकबाट आफुले एकल अधिकार प्राप्त गरेको दाबी गर्दै महन्थ ठाकुराले यादव पक्षका २० कार्यकारिणी सदस्यलाई हटाएर आफु अनुकुलको कमिटी गठन गरेर आयोगमा पत्राचार गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ६ : ३७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम