७ आश्विन २०८३, बुधबार | September 23, 2026

छलफलका लागि निर्वाचन आयोगले बोलायो जसपाका दुवै पक्षलाई



काठमाडौं । निर्वाचन आयोगल जनता समाजवादी पार्टी जसपाका दुई पक्षलाई छलफलका लागि बोलाएको छ ।

आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षलाई छलफलका लागि असार २२ गते बोलाएको हो । दुवै पक्षले एकअर्का विरुद्ध कारवाही गर्दै पार्टीको आधिकारिकताका लागि दाबी गर्दै आयोगमा निवेदन दिएपछि आयोगले बोलाएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम उनीहरूलाई छलफलका लागि बोलाइएको आयोगले जनाएको छ । आयोगले दुई पक्षबीचको विवाद निरुपणका लागि आपसी सहमति गराउन बोलाएको हो ।

पार्टीको अधिकारिकताको दाबी गर्दै यही असार ४ गते उपेन्द्र यादव पक्षले आयोगमा निवेदन दिएपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन पत्र लेखेको थियो । त्यसपछि पुषमा बसेको कार्यकारिणी बैठकबाट आफुले एकल अधिकार प्राप्त गरेको दाबी गर्दै महन्थ ठाकुराले यादव पक्षका २० कार्यकारिणी सदस्यलाई हटाएर आफु अनुकुलको कमिटी गठन गरेर आयोगमा पत्राचार गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ६ : ३७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई