२६ बैशाख २०८१, बुधबार | May 8, 2024

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी



काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक अन्तिम बैठक बालुवाटारमा सुरु भएको छ ।

सर्वोच्चच अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि जेठ २, २०७५ को केन्द्रीय कमिटीमा फर्किन बाध्य भएको एमालेले सो आयोजक कमिटीको खारेज गर्नेगरी अन्तिम बैठक बसेको हो । यही बैठकले औपचारिक रुपमा आयोजक कमिटी खारेज गरी नेकपा माओवादीकेन्द्रसँग पार्टी एकता गर्नुअघि ३९ जना सदस्य थप गरेर बनाइएको २४१ सदस्यीय केन्द्रीय कमिटी बैठक कायम गर्न लागेको हो ।

आजको बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित कारवाहीमा परेका ११ जनाबाहेक अन्य सबै सदस्यलाई बोलाइएको छ । तर, माधव नेपाल पक्षका नेताहरु भने बैठकमा उपस्थित भएका छैनन् ।

नेपाल पक्षले नवौं महाधिवेशनबाट निर्वाचित २०३ सदस्यीय केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने बताउँदै आएको छ ।

सर्वोच्च अदालतले नेकपाको एकता खारेज गर्दै एमाले ब्यँुताइदिएपछि गत फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ५० बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक