९ बैशाख २०८३, बुधबार | April 22, 2026

प्रधानमन्त्रीका वकिललाई प्रधान न्यायाधिशको प्रश्नै प्रश्न



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर प्रधानमन्त्रीका कानुन व्यवसायी अग्नी खरेललाई प्रश्नमाथि प्रश्न गरेका छन् । संवैधानिक इजलासमा आजको सुनुवाइमा जबराले पूर्व न्यायाधिवक्ता समेत रहेका अधिवक्ता खरेललाई लगातार प्रश्न गरेका हुन् । जबराले बहसको शुरुमै कांग्रेस सभापति शेर बहादुर देउवाले स्वतन्त्र सांसद सहित १ सय ४९ जनाको समर्थन लिएर प्रधानमन्त्रीमा दावी गर्दा ‘के गल्ति गर्नुभयो ?’ भनेर प्रश्न गरेका थिए ।

त्यस लगत्तै प्रधानन्यायाधीशले धारा ७६ (५) मा दलले मात्र सरकार बनाउने हो भने, संसदमा स्वतन्त्र हैसियतमा रहेका ४ जना सांसदको भुमिका के हुने ?भन्नेबारे जबराले स्पष्टता खोजे । त्यसपछि फेरि जबराले इजलासमा स्वतन्त्र सांसदको भुमिकामा हुनेहरुको हकमा उपधारा ५ ले स्वतन्त्र रुपमा आउने अवसर दिएको छ की छैन ? शेरबहादुर देउवाको हकमा दुई पार्टीको हकमा समर्थन भयो अरु स्वतन्त्र रुपमा गए, उपधारा ५ र २ को व्यवस्थामा भिन्नता चाहिँ केहो ? लगातार प्रश्न गरिरहे ।

जबराको खरेललाई अर्को प्रश्न थियो–‘उपधारा ५ को सरकारमा दावी गरेर निवेदन परेपछि राष्ट्रपतिले कुन सदस्यले भोली भोट हाल्छ हाल्दैन भनेर कागज गर्नुपर्ने थियो कि थिएन ?’

जवाफमा बरिष्ठ अधिवक्ता खरेलले दलको समर्थन बिना प्रधानमन्त्रीमा दावी पुरा नहुने जिकिर गरे । ‘दलीय समर्थन चाहिने कुरा माओवादी केन्द्रको पत्रले नै भनेको छ’ खरेलले प्रधानन्यायाधिस सामू प्रति प्रश्न राखे –‘एमालेका सांसदको हकमा दलको पत्र नचाहिने, माओवादी केन्द्रको हकमा पत्र चाहिने कसरी भयो ?’

खरेलले धारा ७६ (३) अनुसारका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिइकन ७६ (५) मा जान सक्ने जिकिर पनि गरे । ‘धारा ७६ (४) अनुसार मत पाउने ग्राउन्ड छ की छैन भनेर टेष्ट गरिराख्नु पर्दैन’ खरेलले भने–‘दलहरुले मत दिने छाटकाट नदेखाएपछि मत लिन्न भनेर मार्गप्रशस्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई अर्को सरकार गठनका लागी आग्रह गर्नुभएको हो ।’

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  २ : ४५ बजे

संघीय संसदको वर्षे अधिवेशन वैशाख १७ गते आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा