६ बैशाख २०८१, बिहिबार | April 18, 2024

आफ्नो पार्टी जोगाउन नसक्ने प्रधानमन्त्रीले प्रतिपक्षी सहित सवैलाई समेटेर राष्ट्रिय संकल्प पुरा गर्नुहोला ? : राधेश्याम अधिकारी



काठमाडौं । आजबाट शुरु भएको राष्ट्रियसभाको वर्षे अधिवेशनमा विपक्षी गठबन्धनले सरकारको संगठित विरोध गरेका छन् । जारी बैठकमा बोल्ने वक्ताहरुले सरकारले अध्यादेशबाट देश चलाउन खोजेको र गणतन्त्रको रक्षा गर्न नसकेको बताएका छन् ।

आज शुरु भएको बैठकको पहिलो बैठकमा बोल्दै राष्ट्रियसभामा कांग्रेसका सदस्य राधेश्याम अधिकारीले सरकारले सिडिओ मार्फत् सरकार चलाउन खोजेको आरोप लगाए । उनले नागरिकले अहिले राणकालीन बडाहाकिमको शासन बेहोर्नु परेको बताउँदै कोरोना महामारीका बेला संसद् विघटन गरेर चुनाव घोषणा गरेर सरकारले आम जनतालाई मृत्युको मुखमा धकेल्न खोजेको बताए । ‘म सोध्न चाहन्छु, निषेधाज्ञा तोडेर निर्वाचनमा जाने भनिएको हो ? कोभिड कहिले सकिने हो ? सरकारको यसमा प्रक्षेपण के छ ?’ अधिकारीले प्रश्न गर्दै भने, ‘विशेषज्ञहरु कोभिडको तेस्रो दौड कात्तिक र मंसिर ताका आउने भन्दैछन् । सरकारको यसमा भनाइ के छ ?’

आफ्नै पार्टी, सहयोगी र समर्थकलाई विश्वासमा लिन नसक्दा मुलुक आजको यो परिस्थितिमा आइलागेको बताउँदै अधिकारीले आफ्नो पार्टी जोगाउन नसक्ने प्रधानमन्त्रीले प्रतिपक्षी सहित सवैलाई समेटेर राष्ट्रिय संकल्प पुरा गर्नुहोला भन्ने भरोसा र विश्वास गर्न नसकिने बताए । ‘प्रधानमन्त्रीले आफ्नो पार्टी जोगाउनु भएन । एकीकृत पार्टी विभाजन गर्न पुग्नुभयो । पुरानै पार्टी पनि एकठाउँ राख्न सक्नु भएको छैन । आफ्नो सहयोगी समर्थक समेत समेट्न नसक्नेले हामी प्रतिपक्षी सहित सवैलाई समेटेर राष्ट्रिय संकल्प पुरा गर्नुहोला भन्ने भरोसा र विश्वास कम्तिमा मैले त गर्न सकिनँ’, अधिकारीले भने ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ५ : २४ बजे

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । गुजरातको अहमदाबाद-वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

२९ औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

चितवन । चितवनमा जारीे २९ औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

इस्लामबाद । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज