१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

प्रधानमन्त्रीको दम्भका कारण ठूलो कम्युनिस्ट पार्टी नेकपा विभाजन भयो : दीनानाथ शर्मा



काठमाडौं । राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले अघिल्लो दिन संसद विघटन गर्ने र अर्को दिन अध्यादेश ल्याउने कार्य गरेर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन् ।

राष्ट्रियसभाको आजबाट शुरु भएको बैठकमा बोल्दै नेता शर्माले प्रधानमन्त्रीको निरन्तरको प्रतिगमनले राजनीतिक व्यवस्थामानै संकट देखापरेको बताए ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वेसर्वा ठान्दा मुलुकमा राष्ट्रिय संकट आइपरेको समेत बताए । ‘प्रधानमन्त्रीको प्रतिगमनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कालो बादल मडारिरहेको छ । प्रतिगमनकै कारण ठूलो संकट आइपरिरहेको छ’, बैठकमा उनले भने ।

प्रधानमन्त्रीको दम्भका कारण ठूलो कम्युनिस्ट पार्टी नेकपा विभाजनमा पुगेको भन्दै शर्माले अहिले वामपन्थी आन्दोलनको रक्षाका निम्ति एमाले जोगाउन पनि ओलीलाई सुझाव दिए । उनले प्रधानमन्त्री ओलीमा दम्भ कामय राखिरहे एमाले मात्रै होइन वामपन्थी आन्दोलन नै समाप्त हुने बताए ।

नेता शर्माले प्रधानमन्त्रीले अब आत्मालोचना गरेर अघि बढ्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीको दम्भका कारण नेकपा फुट मात्र नभई अहिले स्वयं एमाले पनि फुटको संघारमा पुगेको बताए ।

प्रधानमन्त्री ओलीको शासनमा अधिनायकवाद हाबी भएको उनले बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ६ : ०५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम