७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्रीको दम्भका कारण ठूलो कम्युनिस्ट पार्टी नेकपा विभाजन भयो : दीनानाथ शर्मा



काठमाडौं । राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले अघिल्लो दिन संसद विघटन गर्ने र अर्को दिन अध्यादेश ल्याउने कार्य गरेर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन् ।

राष्ट्रियसभाको आजबाट शुरु भएको बैठकमा बोल्दै नेता शर्माले प्रधानमन्त्रीको निरन्तरको प्रतिगमनले राजनीतिक व्यवस्थामानै संकट देखापरेको बताए ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वेसर्वा ठान्दा मुलुकमा राष्ट्रिय संकट आइपरेको समेत बताए । ‘प्रधानमन्त्रीको प्रतिगमनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कालो बादल मडारिरहेको छ । प्रतिगमनकै कारण ठूलो संकट आइपरिरहेको छ’, बैठकमा उनले भने ।

प्रधानमन्त्रीको दम्भका कारण ठूलो कम्युनिस्ट पार्टी नेकपा विभाजनमा पुगेको भन्दै शर्माले अहिले वामपन्थी आन्दोलनको रक्षाका निम्ति एमाले जोगाउन पनि ओलीलाई सुझाव दिए । उनले प्रधानमन्त्री ओलीमा दम्भ कामय राखिरहे एमाले मात्रै होइन वामपन्थी आन्दोलन नै समाप्त हुने बताए ।

नेता शर्माले प्रधानमन्त्रीले अब आत्मालोचना गरेर अघि बढ्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीको दम्भका कारण नेकपा फुट मात्र नभई अहिले स्वयं एमाले पनि फुटको संघारमा पुगेको बताए ।

प्रधानमन्त्री ओलीको शासनमा अधिनायकवाद हाबी भएको उनले बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ६ : ०५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई