१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

खोपको प्राथमिकतामा छैनन् शिक्षक



काठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् ।

अहिले देशभर झन्डै ४ लाख शिक्षक-कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने प्राथमिकतामा समेत शिक्षक-कर्मचारी छैनन् ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वास्थ्यमन्त्रीसमेत भए पनि खोप अभियानमा आफूलाई प्राथमिकतामा नराखेको शिक्षकको गुनासो छ ।

नेपालमा पहिलोपटक ८ माघ २०७७ मा भारत सरकारमार्फत १० लाख मात्रा कोभिसिल्ड खोप भित्रिएको थियो । खोप अभियान सुरु भएको १ सय ५८ दिन बितिसक्दा पनि शिक्षकलाई खोप लगाउन सरकारले कुनै ठोस जवाफ दिएको छैन ।

१ असारबाट शैक्षिकसत्र सुरु भएको छ । सरकारले जारी गरेको निषेधाज्ञासमेत खुकुलो हुँदै गएको छ । तर, यो बेलामा शिक्षकलाई खोप लगाएको भए भौतिक उपस्थितिसहित पठनपाठन गराउने विकल्पबारे सोच्न सकिन्थ्यो ।

अहिले अधिकांश विद्यालयका शिक्षकले खोप लगाउन नपाउँदा हामीलाई खोप कहिले रु भन्दै सरकारसमक्ष प्रश्न तेस्र्याएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको कोभिड-१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा पनि शिक्षकलाई समेटिएको छैन । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : ०६ बजे

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो थप दुई दिनको समय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले