१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

केन्द्रीय कमिटी बैठक बस्ने अघिल्लो रात ओलीले फोन गरे नेपाललाई, बैठकमा उपस्थित हुन आग्रह



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललसँग टेलिफोन सम्वाद गरेकाछन् ।

दुई दिनअघि माधव नेपाल विरुद्ध चर्को व्यक्तिगत टिप्पणी गरेका ओलीले नेता नेपाललाई बिहीबार राति फोन गरी शुक्रबारको बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि दशौं महाधिवेशन आयोजक कमिटी विघटन भएको घोषणा गर्न बाध्य भएका अध्यक्ष ओलीले पार्टी कमिटीलाई २०७५ जेठ २ मा फर्काएको दाबी गरे पनि नेपाल पक्षले भने त्यसलाई अस्वीकार गरेको छ । नेपाल पक्षले ओलीले पार्टीलाई जेठ २, २०७५ मा नभै २०७७ फागुन २८ मा फर्काएको र त्यो धोखा भएको बताएको छ । नेपाल पक्षको बिहीबार बसेको स्थायी कमिटी बैठकले यथास्थितिमा आजको बैठकमा नजाने निर्णय गरेको थियो ।

दिउँसो नेपाल पक्षले शुक्रबारको बैठकमा अनुपस्थित हुने निर्णय गर्दै बैठक स्थगित गर्नै माग गरेपछि ओलीले नेपाललाई फोन गरेका हुन् । ओलीले आजको बैठकमा उपस्थित भएर आफ्ना कुराहरु राख्न आग्रह गरेको बताइएको छ ।

यसबीचमा ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरु निरन्तर छलफलमा बसे पनि कुनै सहमति निस्किन सकेको छैन । नेपाल पक्षले अवैध महाधिवेशन आयोजक कमिटीले निर्धारण गरेको बैठकमा उपस्थित हुन नसक्ने स्पष्ट पारेको छ । उनीहरुले आजको केन्द्रीय कमिटी बैठक स्थगित गरेर निकास खोज्न ओली पक्षका नेताहरुलाई प्रस्ताव गरेका छन् । तर, ओली पक्षले त्यो मागलाई स्वीकार गरेको छैन ।

एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकका लागि

 

 

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : ४६ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना