१९ असार २०८३, शुक्रबार | July 3, 2026

बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक बस्दै, वामदेव गौतम उपस्थित हुने



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम उपस्थित हुने भएका छन्।

बालुवाटारमा बस्ने केन्द्रीय कमिटी बैठकमा गौतम सहभागी हुने उनको सचिवालयले जनाएको छ । बैठकमा भाग लिन गौतम बालुवाटार पुगिसकेका छन् ।

नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वीकारेर बैठकमा सहभागी हुन पत्र पठाइएकाले गौतम बैठकमा सहभागी हुन लागेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकलाई एमालेको १३औं केन्द्रीय कमिटी बैठक बताएका छन् । दशौं महाधिवेशन आयोजक कमिटी गठन गरेपछि बोलाइएका दशौं एघारौं र बाह्रौं केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाल पक्ष भने अनुपस्थित रहँदै आएको छ ।

गौतम गत पुष ५ गतेदेखि तत्कालिन नेकपा एवं नेकपा खारेज भैसकेपछि एमालेको विवादमा तटस्थ बस्दै आएका छन् । उनले पार्टी एकताका लागि आफ्नै ढंगले अभियान चलाइरहेका छन् ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : ०५ बजे

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद् बैठक

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३