७ आश्विन २०८३, बुधबार | September 23, 2026

संवैधानिक इजलासमा रहेको विचाराधीन मुद्दाबाट दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन



काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा रहेको हस्ताक्षर फिर्ता लिन आफ्ना २३ सांसदलाई निर्देशन दिएको छ ।

एमाले केन्द्रीय कमिटीको आज बसेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो ।

बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरुलाई सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन आग्रह गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । प्रवक्ता ज्ञवालीले बहुदलीय प्रणालीमा दलको निर्णय विपरित दलका सदस्यले गरेको हस्ताक्षर अनधिकृत हुने पनि सम्वद्ध पक्षहरुलाई जानकारी गराउने निर्णय गरेको पनि बताए ।

त्यसअघि, बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार हटाएर विपक्षीलाई प्रधानमन्त्री बनाउने कार्य स्वीकार्य हुन नसक्ने चेतावनी दिएका थिए ।

बैठकले पार्टी एकतालाई सुदृढ पार्नका लागि नेता कार्यकतालाई आव्हान गरेको छ । कार्यकर्ताको भावनालाई केन्द्रविन्दुमा राखेर एकतामा योगदान दिन नेता, कार्यकर्तामा आव्हान गरिएको ज्ञवालीले जनाए । प्रवक्ता ज्ञवालीले भने, – ‘अहिले पार्टीभित्र देखा परेका केही समस्याहरुका कारणले देशभर जनतामा निराशा छ र विपक्षीहरुमा उत्साह छ । सबै नेता, कार्यकर्ताहरुलाई हाम्रो पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभारालाई जनचाहाना, कार्यकर्ताको भावनालाई केन्द्रविन्दुमा राखेर एकतामा योगदान गर्न आव्हान गरेका छौँ ।’

बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्नेगरी स्थगित भएको छ ।

 

 

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : ५९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई