काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार २९९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार ५९६ जनामा परीक्षण गर्दा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।
यसबीचमा ३ हजार ४५१ जना संक्रमण मुक्त भएका छन् ।
यसैअवधिमा ३४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९हजार १७९ पुगेको छ ।
प्रतिक्रिया