७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

राष्ट्रियसभामा जसपा सांसदद्वारा सात वटा अध्यादेश अस्वीकारको सूचना दर्ता



काठमाडौं । राष्ट्रियसभामा जनता समाजवादी पार्टी जसपाका दुई सांसदले सरकारले ल्याएका विभिन्न सातवटा अध्यादेश अस्वीकारको सूचना दर्ता गरेका छन् ।

जसपाका सांसद मृगेन्द्रकुमार सिंह र प्रमिला कुमारीले संसद सचिवालयमा राष्ट्रियसभा नियमावली नियम ८९ बमोजिम शुक्रबा अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता गरेका हुन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारले विभिन्न अध्यादेशहरु दर्ता गराएको थियो । जसपाका सांसदहरुले संसद छलेर संविधान विपरित ल्याइएको भन्दै अध्यादेश अस्वीकार गर्नुपर्नाको कारण उल्लेख गरेका छन् ।

यसरी अस्वीकार गर्न सूचना दर्ता गरिएका अध्यादेशमा संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश, सपथ सम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, रेल्वे अध्यादेश, नेपाल प्रहरीसम्बन्धी अध्यादेश रहेका छन् ।

तर जसपाका सांसदहरुले नागरिकता अध्यादेशलाई भने अस्वीकृतिको सूचना दिएका छैनन् । सरकारले सर्वोच्च अदालतले कार्यान्वयन नगर्न नगराउन दिएको आदेश विपरित नागरिकता सम्बन्धी अध्यादेश पनि राष्ट्रिय सभामा पेश गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : ५३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल