१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

युरोकप फुटबल : स्विट्जरल्यान्डलाई टाइब्रेकरमा हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश



काठमाडौं । स्पेन युरोकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम ४ मा पुगेको हो ।

१० खेलाडीमा सिमित स्विसका कप्तान जेर्दान शकिरीले टोलीलाई १-१ गोलको बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा पुग्यो । जसमा तीन पटकको विजेता स्पेनका गोलरक्षक उनाइ सिमोनले स्विस टोलीको दुई प्रहार बचाए । पेनाल्टीमा स्विस टोलीका मारियो गाभ्रानोभिचले मात्र गोल गरे। फाबियन, अकान्जी म्यानुएलको प्रहार सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो ।

यता, स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे । सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए । त्यसभन्दा अगाडी खेलको आठौं मिनेटमा नै स्पेनले अग्रता लिएको थियो । कर्नरमा कोकेको प्रहार सबैलाई बिट गर्दै गएपछि जोर्डी अल्बाले बल नियन्त्रणमा लिएका थिए ।

पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार डेनिस जाकारियालाई लाग्दै गोल भएको थियो । यस्तै, ६८औं मिनेटमा स्पेनका सेन्टर डिफेन्डर द्वय पाउ टोरेस र एमेरिक लापोर्टबीच तालमेल नमिल्दा फुस्किएको बल फ्रुएलरले नियन्त्रणमा लिँदै शाकिरिलाई दिएका थिए । शाकिरीले गरेको प्रहार गोल भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : ३६ बजे

३८ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२

अमेरिका-इजरायल आक्रमणबाट इरानमा हालसम्म ७८७ जनाको मृत्यु

अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेदेखि अहिलेसम्म ७८७

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

धनुषा-१ बाट रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धनुषा क्षेत्र नं. १