२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : स्विट्जरल्यान्डलाई टाइब्रेकरमा हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश



काठमाडौं । स्पेन युरोकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम ४ मा पुगेको हो ।

१० खेलाडीमा सिमित स्विसका कप्तान जेर्दान शकिरीले टोलीलाई १-१ गोलको बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा पुग्यो । जसमा तीन पटकको विजेता स्पेनका गोलरक्षक उनाइ सिमोनले स्विस टोलीको दुई प्रहार बचाए । पेनाल्टीमा स्विस टोलीका मारियो गाभ्रानोभिचले मात्र गोल गरे। फाबियन, अकान्जी म्यानुएलको प्रहार सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो ।

यता, स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे । सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए । त्यसभन्दा अगाडी खेलको आठौं मिनेटमा नै स्पेनले अग्रता लिएको थियो । कर्नरमा कोकेको प्रहार सबैलाई बिट गर्दै गएपछि जोर्डी अल्बाले बल नियन्त्रणमा लिएका थिए ।

पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार डेनिस जाकारियालाई लाग्दै गोल भएको थियो । यस्तै, ६८औं मिनेटमा स्पेनका सेन्टर डिफेन्डर द्वय पाउ टोरेस र एमेरिक लापोर्टबीच तालमेल नमिल्दा फुस्किएको बल फ्रुएलरले नियन्त्रणमा लिँदै शाकिरिलाई दिएका थिए । शाकिरीले गरेको प्रहार गोल भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : ३६ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न