२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : संघर्षपूर्ण जित निकाल्दै इटाली सेमिफाइनलमा



काठमाडौं । इटाली संघर्षपूर्ण जित निकाल्दै युरोकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम ४ मा पुगेको हो ।

खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमण बुन्दै गएपछि तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको ३१ औं मिनेटमा निको बरेल्लाले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

उनले पेनाल्टी क्षेत्रभित्र मार्को भेराट्टीले दिएको पासलाई नियन्त्रणमा लिएर गरेको प्रहार गोल भएको थियो । ४४ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले इटालीको अग्रता दोब्बर पारे। मैदानको बायाँ भागबाट बल लिँदै अघि बढेका इन्सिग्नेको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले बचाउन सकेनन् ।

इन्ज्युरी समयमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । इटालीका डिफेन्डर डी लोरेन्जोले डोकुलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा लुकाकुको प्रहार गोलरक्षक जियानलुइजी डोनारुम्माले ठम्याउन सकेनन् ।

दोस्रो हाफमा आक्रमक खेलेको बेल्जियम बराबरीको स्थितिमा भने फर्किन सकेन । ६१ औं मिनेटमा केभिन डी ब्रुएनको लो क्रसलाई लुकाकुले गोललाइन नजिकबाट गोल गर्न सकेनन् ।

इटालीले अब सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा समेटिएको स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले हराउँदै अन्तिम ४ मा स्थान बनाएको थियो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : ५२ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न