१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

अब लगातार कोरोना खोप आउँछ, जिल्ला जल्लामा खोप अभियान चल्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब जिल्ला जिल्लामा कोरोना खोप अभियान चलाइने बताएका छन् ।

त्रिशुली–३ बीको प्रसारण लाइन र सबस्टेसनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब जिल्ला जिल्लामा कोभिड विरूद्ध खोप अभियान चलाइने बताएका हुन् ।

ओलीले विभिन्न मित्र राष्ट्रहरुसँग खोपका लागि संवाद भैरहेको बताउँदै अब लगातार खोप आउने दाबी गरे । उनले भने, ‘हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौं ।’ ओलीले त्यसपछि जिल्ला जिल्लामा समूह तोकेर छोटो अवधिमै सबै जनसंख्यालाई लक्षित गर्दै खोप अभियान चलाइने बताए ।

‘अब लगातार भ्याक्सिन आउँछ, भोलिपर्सीदेखि नै खोपको क्याम्पेन सुरू हुन्छ । समूह/समूह तोकेर कहाँनेर बढी प्रभाव छ त्यहाँ अभियान चल्छ’, ओलीले भने, ‘एकै दिन, दुई दिन, सात दिन पन्ध्र दिनभित्र सकिँदैन। समूह तोकेर कहाँनेर बढी छ त्यहाँबाट सुरू गरेर सम्पूर्ण जनसंख्यालाई छोटो अवधिमा खोप उपलब्ध गराउँछौं ।’

ओलीले नेपालले पहिल्यै सतर्कता कायम गरेका कारण कोरोनाबाट अन्य देशभन्दा कम प्रभावित भएको दाबी गरे । पहिल्यै अनुकुल स्थितिमा रहेको बताउँदै उनले खोप अभियान अघि बढेपछि सबै सुरक्षित भइने बताए । उनले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने पनि बताए । प्रधानमन्त्री ओलीले चुनाव अघि सबै नागरिकले खोप लगाउन पाउने बताए ।

प्रधानमन्त्री ओलीले शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा पर्सि (आइतबारबाट) निरन्तर खोप आउने बताएका थिए । ओलीले दिउँसो खोप आउने अभिव्यक्ति सार्वजनिक गरेलगत्तै साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट भेरोसेल खरिद गरेको सार्वजनिक गरेको थियो । असार २४ गतेबाट हप्तामा १० लाख गरी तीन हप्तामा तीस लाख खोप नेपाल एयरलाइन्सले ल्याउने निश्चित भएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १ : २९ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ