७ आश्विन २०८३, बुधबार | September 23, 2026

बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक, अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच फोन सम्वाद्



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहेको हो । बैठकमा महासचिव ईश्वर पोखरेलले राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

आजको बैठकमा पनि नेपाल पक्ष भने सहभागी भएको छैन । दशौं महाधिवेशन आयोजक कमिटीको नाम खारेज गरेर केन्द्रीय कमिटीको नाममा बोलाइएको बैठक भन्दै नेपाल पक्ष बैठकमा सहभागी हुन अस्वीकार गरेको हो ।

नेपाल पक्षका नेताहरुले शुक्रबार बालुवाटारमै पुगेर अध्यक्ष ओलीलाई भेटेर बैठक एक दुई दिन स्थगित गरेर सहमति खोज्न आग्रह गरेका थिए । तर उनीहरु बालुवाटारबाट बाहिरिए लगत्तै बसेको बैठकले नेपाल पक्षका सांसदहरुलाई सोमबार साँझ ५ बजेभित्र सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको थियो । त्यसपछि झन विच्चिएको थियो । तर, बैठक लगत्तै नेपाल पक्षसँग ओली पक्षका दोस्रो तहका नेताहरुले भेट गरेका थिए ।

शुक्रबार राति र शनिबार बिहानको प्रयत्न स्वरुप तर, शनिबारको बैठक सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन सम्वाद भएको छ । पार्टी एकतालाई बचाइराख्न दुवै तर्फका दोस्रो तहका नेताहरुले प्रयास जारी राखेका छन् ।

 

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ४ : ०६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई