१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक, अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच फोन सम्वाद्



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहेको हो । बैठकमा महासचिव ईश्वर पोखरेलले राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

आजको बैठकमा पनि नेपाल पक्ष भने सहभागी भएको छैन । दशौं महाधिवेशन आयोजक कमिटीको नाम खारेज गरेर केन्द्रीय कमिटीको नाममा बोलाइएको बैठक भन्दै नेपाल पक्ष बैठकमा सहभागी हुन अस्वीकार गरेको हो ।

नेपाल पक्षका नेताहरुले शुक्रबार बालुवाटारमै पुगेर अध्यक्ष ओलीलाई भेटेर बैठक एक दुई दिन स्थगित गरेर सहमति खोज्न आग्रह गरेका थिए । तर उनीहरु बालुवाटारबाट बाहिरिए लगत्तै बसेको बैठकले नेपाल पक्षका सांसदहरुलाई सोमबार साँझ ५ बजेभित्र सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको थियो । त्यसपछि झन विच्चिएको थियो । तर, बैठक लगत्तै नेपाल पक्षसँग ओली पक्षका दोस्रो तहका नेताहरुले भेट गरेका थिए ।

शुक्रबार राति र शनिबार बिहानको प्रयत्न स्वरुप तर, शनिबारको बैठक सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन सम्वाद भएको छ । पार्टी एकतालाई बचाइराख्न दुवै तर्फका दोस्रो तहका नेताहरुले प्रयास जारी राखेका छन् ।

 

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ४ : ०६ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु