१९ असार २०८३, शुक्रबार | July 3, 2026

विधान अधिवेशन साउन २५ मा गर्ने एमालेको निर्णय, २०७९ वैशाखभित्र दशौं महाधिवेशन



काठमाडौं । नेकपा एमालेले साउन २५ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

एमालेको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले साउन २५ गते विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकमा दशौं महाधिवेशनको मिति सार्ने प्रस्ताव गरिएको छ ।  बैठकमा महासचिव ईश्वर पोखरेलले महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेका हुन् ।

दशौं महाधिवेशन २०७९ साल वैशाख ३० गतेभित्र गर्ने प्रस्ताव गरिएको छ । यसअघि एमालेले आगामी मंसिर २ देखि ६ सम्म महाधिवेशन गर्ने भन्दै आयोजक कमिटी गठन गरेको थियो ।

शनिबारको बैठकमा महासचिव पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा आम निर्वाचनको कार्यतालिकासँग नजुध्ने गरी पार्टी अधिवेशनमा लाग्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ४ : ३० बजे

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद् बैठक

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३