७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा विघटन मुद्दा : सभामुखका वकिलले बहस गर्दै, प्रतिउत्तर बहस पनि आजै सुरु हुने



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामाथि संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको पाँच सदस्यीय इजलासमा आज सभामुख अग्निप्रसाद सापकोटाका वकिलहरुले बहस गर्दैछन् ।

शेरबहादुर देउवासहित १४६ जना सांसदले सभामुखलाई समेत विपक्षी बनाएका छन् । सभामुखको तर्फबाट पाँच जना वकिलले बहस गर्दैछन् । तर, यसरी बहस गर्ने वकिलहरुले पनि प्रतिनिधिसभा विघटन गलत भएको तर्क गर्दैछन् । सभामुख सापकोटा विपक्षी बनाइए पनि उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै आएका छन् ।

सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली, श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्।

सभामुखको पक्षबाट बहस गर्नका लागि दुई घण्टाको समय रहेको छ । महान्यायाधिवक्ताको कार्यालयले दिएको एकघण्टा अपुग भएको जिकिर गरेपछि इजलासले थप एकघण्टा उपलब्ध गराएको छ । दुई घण्टाको बीचमा पाँच जना वकिलको बहस सकिएपछि आजै रिट निवेदकको पक्षबाट प्रतिउत्तर बहस प्रारम्भ हुनेछ ।
चिया ब्रेक अघि सभामुखका वकिलले बहस सक्नेछन् भने त्यसपछि रिट निवेदकका वकिलले प्रतिउत्तर बसह सुरु गर्नेछन् । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की र हरिहर दाहालले प्रतिउत्तर बहस गर्दैछन्।

प्रतिउत्तर बहसका लागि इजलासले ३ घण्टाको समय उपलब्ध गराएको छ । पहिला उपलब्ध गराएको १२ घण्टाको समयमा ३६ जना वकिलले बहस गरेका थिए । प्रतिउत्तर बहस सकिएपछि एमीकस क्यूरीको तर्फबाट चार जना वकिलले बहस गर्नेछन् ।

असार ९ गतेबाट निरन्तर सुनुवाइ भइरहेको छ ।

 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : २७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई