१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कोटेश्वर पुगेर नेपाललाई भेटे ओली निकट नेताहरुले



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

नेता नेपालसँग छलफल गर्नका लागि ओली पक्षधर विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल नेता नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा उनीहरुले नेता नेपालसँग अदालतमा रहेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । हस्ताक्षर फिर्ता भए पार्टी एकता मिलाउन सहज हुने भन्दै उनीहरुले त्यसका लागि अध्यक्ष ओलीसँग थप छलफल गर्न समेत नेपाललाई आग्रह गरेका थिए ।

तर नेपालले भने हस्ताक्षर फिर्ताबारे केही नबोली साथीहरुसँग सल्लाह गरेपछि खबर गर्ने भन्दै उनीहरुलाई फिर्ता पठाएका छन् ।
ओली पक्षका वार्ताकारहरुसँगै नेपाल पक्षका घनश्याम भुसाल पनि कोटेश्वरमै पुगेका थिए ।

नेपाल पक्षको असहमतिका बीच बसेको एमालेको १३औं केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित २३ जना सांसदहरुलाई भोलि सोमबार साँझ ५ बजेसम्म सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । तर, नेपाल पक्षले भने अवैध महाधिवेशन आयोजक कमिटीको नाम फेरेर बसेको केन्द्रीय कमिटी नै अवैध भएको भन्दै त्यसले दिएको निर्देशन पालना गर्न बाध्य नभएको प्रतिक्रिया जनाएको छ । बैठक समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै सर्वोच्चको फैसला आउनेबेलासम्म हस्ताक्षर फिर्ता नगर्नेहरु एमाले रहन नसक्ने चेतावनी दिँदै अब कित्ताकाट प्रष्ट भैसकेको बताएका थिए ।

दुवै तिरका मुख्य नेताहरु आआफ्नो ढिटमा कायम रहेपछि पार्टी एकता वचाउन समस्या भएको ठहर गर्दै दोस्रो तहका नेताहरुले निरन्तर छलफल गरिरहेका छन् । शनिबार पनि समिट होटलमा दुवै पक्षका ६ नेताहरुबीच छलफल भएको थियो ।

सर्वोच्च अदालतमा रहेको हस्ताक्षरलाई सहमतिका लागि सर्त नबनाउने दुवै पक्षका नेताहरुबीच सहमति भएको थियो । तर बालुवाटारमा अध्यक्ष ओलीले एकाएक हस्ताक्षरलाई शर्त बनाउँदै पार्टी नेतृत्वको सरकार विरुद्ध गठबन्धन बनाउनेहरुलाई थप कुनै जिम्मेवारी दिन नसक्ने चेतावनी दिएपछि एमालेको एकता प्रयास थप खल्बलिएको छ ।

भोलि साँझसम्म हस्ताक्षर फिर्ता नगर्नेलाई तत्कालै कारवाही गरिहाल्नुपर्ने कट्टरपन्थी मत ओली समुहका ओलीसहित केही नेतामा रहेको छ भने ओलीसँग अब मिल्नै सकिँदैन भन्ने कट्टरपन्थी मत नेपाल समुहका नेपालसहित केही नेतामा रहेको छ । जसका कारण पार्टी एकता वचिरहोस भनेर प्रयास गरिरहेका नेताहरु भने निरास बनेका छन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १० : ५० बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क