१ पुस २०८२, मंगलबार | December 16, 2025

संचारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकका विरुद्ध पत्रकार महासंघ बाँकेले पठायो ज्ञापनपत्र



नेपालगन्ज । लुम्विनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गराएको संचारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पुर्नलेखनको माग गर्दै बाँकेका पत्रकारहरुले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र पठाएका छन् ।

दर्ता गरिएको सञ्चार बिधेयक फिर्ता गरेर पुर्नलेखन गर्न माग गर्दै नेपाल पत्रकार महासघ बाँकेले आईतवार बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र पठाएको हो । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा बोल्दै पत्रकार अगुवाहरुले विधेयको उदेश्य प्रदेश भरीका संञ्चार माध्यमहरुको हकहीतको रक्षा गर्ने र नियमन गर्ने हुनु पर्नेमा पत्रकार पत्रकारितालाई कुन्ठित पार्ने उद्देश्यबाट प्रेरित रहेको बताए ।

महासंघ लुम्विनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषी चौलागाईले विधेयकको प्रस्तावनादेखि अधिकाश धारा उपधारमा संचार माध्यम र संचारकर्मीहरुलाई डण्ड जरीवनादेखि जेल सजाँयसम्मको प्रवाधन राखिएको बताउँदै तत्काल फिर्ता लिई पुर्नलेखन गर्न माग गरेका थिए ।

महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, सल्लाहकार डक्ट धिताल, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायत अग्रज पत्रकार एवं आस्थागत संघसंगठनका अगुवाहरुले मिडिया र मिडयाकर्मीहरुमाथी कानुनी डण्डा चलाउने सोच विधेयकमा प्रष्ट झल्कीएको बताएका छन् ।

‘महासंघ बाँकेका अध्यक्ष भण्डारीले विधेयक प्रदेश सभावाट फिर्ता गरेर पुर्नलेखनको वातावरण मिलाउन माग गरे । संचार माध्यम र संचारकर्मीहरुको मर्म र धर्म बुझ्नु भएकोले मुख्यमन्त्रीका हिसावले तत्काल सरोकारवालाहरुसंग छलफल गराएर संचारमैत्री विधेयक निमार्णको वातावरण बनाउनु हुने छ ।’ महासंघ बाँकेले पठाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै महासंघ बाँकेका अध्यक्ष भण्डारीले बिधेयक फिर्ता नलिएर यही अवस्थामा अघि बढेमा थप आन्दोलनका कार्यक्रमहरु प्रदेशभरी नै संचालन गर्न वाध्य हुने चेतावनी दिए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  २ : ३६ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा