२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’



नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स रहेको बताएका छन् । नेपाल पत्रकार महासंंघ बाँकेले प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचा’ को छैठौं स्मृति दिवसको अवसरमा आयोजित ‘फ्याक्ट चेक-अन्तरसंवाद’ कार्यक्रममा सहभागी अगुवा पत्रकारहरुले फ्याक्ट चेक सत्य, निष्पक्षता, पारदर्शिता र नैतिकतामा आधारित एक बौद्धिक अभ्यास भएको बताए ।

महासंघ कार्यसमिति सदस्य समिरमान श्रेष्ठले फ्याक्ट चेकका विषयमा प्रस्तुत ‘अवधारणा पत्र’ सम्बन्धमा बोल्दै नेपाल पत्रकारसँग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारिताको मूल्य जोगाउन फ्याक्ट चेक अनिवार्य शर्त रहेको बताए । अहिले निर्वाचनको पूर्व सन्ध्यामा यसमा अझ सजग र जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

महासंघ बाँके शाखाका अध्यक्ष नविन गिरीले गुप्तको स्मृति दिवसको अवसर पारेर उनको पत्रकारिताको आलोकमा निष्पक्ष, मर्यादित र जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्नका लागि ‘फ्याक्ट चेक’ अर्थात् तथ्य जाँचको विषयमा ‘सेन्सटाइज’ गर्न कार्यक्रम गरिएको बताए । उनले निर्वाचनको पूर्व सन्ध्यामा सबै पत्रकारहरुलाई आचारसंहिताको पूर्ण पालना गरी जिम्मेवार ढंगले प्रस्तुत हुन आह्वान समेत गरे ।

विहिबार महासंघको नेपालगन्ज-४ संचारग्राम (बसपार्क) स्थित कार्यालयमा छैठौं स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा गुप्तको निष्ठा र इमानको पत्रकारितालाई अनुशरण गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । जीवनको अन्तिम क्षणसम्म पनि पत्रकारितामा सक्रिय गुप्त आदर्श पत्रकारिताको मानक रहेको सहभागीहरुले बताए । प्रजातन्त्र पुनर्वहालीका लागि गुप्तले मिसन पत्रकारितामार्फत पुर्‍याएको योगदानको समेत स्मरण गरिएको छ ।

कार्यक्रममा पन्नालाल गुप्त प्रतिष्ठानका अध्यक्ष एवम् गुप्तका जेष्ठ सुपुत्र वरिष्ठ अधिबक्ता विजय कुमार गुप्त, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्षद्वय झलक गैरे र निरज कुमार गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस सेन्टर नेपाल बाँकेका सचिव पुष्पराज हमाल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सचिव जय नारायण शाह, अग्रज पत्रकार अछरी पोखरेल लगायतले स्वर्गीय गुप्तप्रति श्रद्धासुमन अर्पण गर्दै मर्यादित र जिम्मेवार पत्रकारितामा जोड दिएका थिए ।

त्यसक्रममा त्रिभुवन चोक पुर्व लाइनलाई ‘पन्नालाल मार्ग’ र रानी तलाउ नजिकै अवस्थित गुप्तको निवास अगाडिको चोकलाई ‘पन्नालाल चोक’ नामाकरणका लागि नेपालगन्ज उपमहानगरपालिकामा गरिएको लिखित आग्रहलाई निष्कर्षमा पुर्‍याउन महासंघले सक्रियता बढाउनुपर्ने सहभागीको सुझाव छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  १० : ४८ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य