७ आश्विन २०८३, बुधबार | September 23, 2026

अनुसन्धानात्मक पर्यटन लेखन प्रतियोगिताका उत्कृष्टलाई पुरस्कार, तीन पत्रकारलाई पर्यटन पत्रकारिता सम्मान



बुटबल । बृहत्तर लुम्बिनी पर्यटन प्रवद्र्धनमा संचार क्षेत्रको भूमिका विषयक खुला अनुसन्धानात्मक लेख प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सिद्धार्थनगर-९, भैरहवाकी गीतादेवी शर्मा, द्वितीय भएका सिद्धार्थनगर-८ का शशि पन्थी र तृतीय स्थान हासिल गरेका लुम्बिनी बौद्ध विश्वविद्यालयका डा. निङ्मा शेर्पालाई पुरस्कार प्रदान गरिएको छ ।

भैरहवामा आइतबार आयोजित कार्यक्रममा शर्मालाई नगद ३० हजार, पन्थीलाई २० र शेर्पालाई १० हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो । लुम्बिनी प्रदेश सरकार उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको खुल्ला अनुसन्धानात्मक लेख लेखनमा मूल्यांकन समितिले प्रथम, द्वितीय र तृतीय स्थान छनौट गरेको थियो ।

यस्तै, निर्देशनालयले भैरहवालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका प्यूठानका पत्रकार प्रकाश न्यौपाने, नवलपरासीका गोपीराम ज्ञवाली र कपिलवस्तुकी स्वेता गिरीलाई पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ । निर्देशनालयले पत्रकारितामार्फत् लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको भन्दै तीनै जनालाई नगद १०/१० हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मानित गरेको हो ।

न्यौपाने न्यूज २४ टिभी र लुम्बिनी टिभीका भैरहवा संवाददाता तथा पब्लिक कुरा डटकमका सम्पादक हुन् । ज्ञवाली गोरखापत्रका नवलपरासी सम्वाददाता हुन् भने गिरी पत्रकार महासंघ कपिलवस्तु शाखाकी उपाध्यक्ष छन् ।

उनीहरु सबैजनालाई उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे लम्साल, मन्त्रालयका सचिव डा.राजेन्द्र केसी, निर्देशनालयका निर्देशक यमबहादुर कुंवरलगायतले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

यस्तै, सनुसन्धानात्मक लेख मूल्याङ्कन समितिका संयोजक प्राडा गितु गिरी, सदस्य वसन्त विंडारी, डा.बालकृष्ण चापागाईं र डा.हरिध्वज राईलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : ०० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई