१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानन्यायाधीशको प्रश्न :- एमाले वाहेकको वैकल्पिक सरकार बन्ने अवस्था छ ?



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र वरिष्ठ अधिवक्ता हरिहर दाहालबीच संवैधानिक इजलासमा सवाल जवाफ भएको छ ।

रिट निवेदकका तर्फबाट सोमबार जवाफी बहसको सुरुआत गरेका वरिष्ठ अधिवक्ता दाहालले संविधानको धारा ७६ मा २ अनुसारनै दल चाहिने हो भने उपधारा ५ किन राख्ने? भन्दै प्रश्न गरेपछि प्रधानन्यायाधीश राणासँग सवाल जवाफ चलेको हो ।

‘किन चाहियो यो उप धारा ५ ? शेरबहादुर देउवाको दाबी मात्र संविधान सम्वत हो, अरुको छैन’ दाहालले यस्तो जिकिर गरेसँगै प्रधानन्याधीश राणाले प्रश्न गर्दै भने, ‘धारा ७६(५) को व्यवस्था प्रधानमन्त्री नियुक्तका लागि मात्र हो कि अरु पनि छ ? वाँकी अवधि पूरा हुनका लागि हो कि, सार्थकता दिन्छ जस्तो लाग्छ ?’

दाहालको जवाफ थियो, ‘यही लाग्छ भनेर हामी आएको हो । अघिल्लो पटक वैकल्पिक सरकार बन्छ ।’

त्यसपछि राणाले अहिले एमाले नभइ सरकार बन्ने देखिन्छ भन्दै प्रश्न गरे । ‘पहिलो विघटनमा विकल्पमा सरकार बन्ने देखेर बदर गरेको हो । अहिले त एमाले नभई सरकार बन्ने देखिँदैन, देखिन्छ ?’ राणाको प्रश्न थियो ।

जवाफमा दाहालले भने, ‘अहिले कांग्रेसको मात्र छैन, माओवादी, जनमोर्चा छ । एमालेकै मानिसले वैकल्पिक सरकार बनाउने भनेका छन् । अदालतले संविधान बचाउने कुरा अहिले सोच्ने हो ।’

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १२ : ५८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज