१९ माघ २०८२, सोमबार | February 2, 2026

नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई ३०० हतियार हस्तान्तरण



काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई तीन सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरू हस्तान्तरण गरेको छ ।

सोमबार जंगी सेनाको अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ती हतियार हस्तान्तरण गरेका हुन ।

नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु सञ्‍चालन गर्ने प्रयोजनका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ जेष्ठ १७ गतेको निर्णयबमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरी जम्मा १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने भएको नेपाली सेनाले जनाएको छ ।

उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजनाअनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने पनि सेनाले जनाएको छ । उपलव्ध गराईएका हतियारहरुको मेन्टिनेन्‍स तथा अपरेसन तालिमसमेत सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गरिनेछ । यसबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ ।

हतियार हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी श्री प्रभुराम शर्मा, रथीवृन्द तथा प्रहरी अतिरिक्त महानिरीक्षकहरुको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  २ : ०७ बजे

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको