१ पुस २०८२, मंगलबार | December 16, 2025

विश्वासको मत गुमाएका ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु गैरसंवैधानिक : एमीकस क्यूरी वैद्य



काठमाडौं । वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु गैर संवैधानिक भएको बताएका छन् ।

संसद विघटन विरुद्धको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता वैद्यलेले संसदले घर जाउ भनेर निर्देशन गरेको प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको बताए ।

धारा ७६ (३) अनुसारको नियुक्तिमा अदालतले प्रश्न गर्नुपर्ने उल्लेख गर्दै वैद्यले वैशाख २७ मा विश्वासको मत गुमाउँदा प्रधानमन्त्री ओली दलको नेता नै रहेको र दलको नेता परिवर्तन नै नभई त्यहि ब्यक्ति फेरी प्रधानमन्त्रीमा नियुक्त हुन नसक्ने बताए । ‘७६ का उपधारा १ देखि ७ सम्म हेर्दा, ७६ (३) अनुसारका वर्तमान प्रधानमन्त्रीको नियुक्तिको स्रोत के हो भनेर प्रश्न गर्नु पर्छ । त्यो नियुक्तिको व्यवहोरामा उपधारा ३ अनुसार नियुक्त गरियो भनिएको छ,’ उनले भने,- ‘जुन व्यक्तिले विश्वासको मत पाएको छैन, त्यसैलाई फेरि नियुक्ति गर्नु गैरसंवैधानिक हो । अहिलेसम्म उहाँ पदमा बसेको गैरसंवैधानिक हो । २७ गते विश्वासको मत गुमाएको प्रधानमन्त्रीको निकास के हो रु त्यो निकास खोज्नु पर्दैन राष्ट्रपतिले ?’

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले आफ्नो राय पेश गर्दै छन् ।

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ३ : ४९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज