५ श्रावण २०८३, मंगलबार | July 22, 2026

जवरजस्ती करणी गरेर किशाेरीलाई कुटपिट गरी फरार युवक १२ घण्टा भित्रै पक्राउ



अर्घाखाँची । १७ वर्षिया किशोरीलाई करणी गरे कुटपिट गरि फरार भएका एकजनालाई अर्घाखाँची प्रहरीले फरार भएको १२ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको छ । गत १९ गते राती ८ बजेको समयमा अर्घाखाँची सन्धीखर्क नगरपालिका वार्ड नं. ७ उपल्लो फुदवाङ स्थित झाडीमा किशोरीलाई करणी पश्चात कुटपिट गसर अचेत बनाएर भाग्ने सन्धीखर्क नगरपालिका ७ लामडाँडाका २२ वर्षिय रमेश नेपालीलाई फरार भएको १२ घण्टा भित्रै प्रहरीले पक्राउ गरेको हो ।

उपल्लो फुदवाङ स्थित झाडी नजिकै टाउकोमा चोट सहित अचेत अवस्थामा स्थानीय किशोरीलाई प्रहरीले फेला पारेको थियो । अचेत अवस्थामा रहेकी किशोरीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको लागी पठाईएको र अनुसन्धानको सिलसिलमा निज पिडित होसमा आए पश्चात प्रहरीले लिएको बयानका आधारमा प्रहरीले नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका नेपालीले ती किशोरीलाई जबरजस्ती करणी गरि कुटपिट गरेको प्रारभिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरिक्षक गणेश खनालले बताए ।

प्रहरीका अनुसार घटना लगत्तै फरार रहेको नेपालीलाई प्रहरीले २० गते बिहान घटनास्थल नजिकैको जङगल क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ परेका नेपालीलाई करणी सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरि अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि कानून बमोजिम थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : ५६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं