१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

मेलम्ची खानेपानी आयोजना मर्मतका लागि वैकल्पिक बाटो खोल्ने तयारी



काठमाडौं । बाढीले क्षति गराएको मेलम्ची खानेपानी आयोजनाको हेड बक्स तथा पुग्ने बाटो मर्मतका लागि विभिन्न तयारी गरिएको छ ।
प्राविधिकसहितको टोलीले क्षतिग्रस्त ठाउँको निरीक्षण गर्दै हेड बक्ससम्म पुग्नको लागि आवश्यक सडक खोल्ने तयारी अगाडि बढाएको हो ।

खानेपानी आयोजनाको महानिर्देशकसहित परामर्शदाताको टोली क्षतिग्रस्त क्षेत्रको अवलोकनमा गएको खानेपानी विकास समितिले जनाएको छ । टोली केही दिनदेखि आयोजना क्षेत्रमै रहेको र बाटो नखोलेसम्म काम अगाडि नबढ्ने भएकाले त्यसको लागि निरीक्षणको काम भइरहेको जनाइएको छ ।

साथै, बाटो कसरी सुचारु गर्ने भन्ने विषयमा पनि स्थानीय बासिन्दासँग छलफल भइरहेको छ । तिम्बुदेखि हेडबक्ससम्म पुग्न नयाँ बाटो खोल्ने तयारी गरिएको छ ।

केही दिनदेखि मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सहित इन्जिनियरको टोली मेलम्चीमा बसेर आयोजनाको काम अगाडि बढाउने तयारी गरेको छ । जोखिम कायमै रहेकाले आयोजनालाई हुन सक्ने क्षति थप कम गर्न विभिन्न उपायबारे अध्ययन भएको आयोजनाको भनाइ छ ।

यसैगरी, आवश्यक पर्ने सडक र पुल बनाउन सडक विभाग र नेपाली सेनासँग पनि समन्वय गर्नका लागि छलफल अगाडि बढेको छ । मेलम्चीको बाढीले पुरिदिएको हेडबक्स मर्मत गर्न आवश्यक सामाग्री लैजान सडक र पुलको आवश्यकता पर्ने भएकाले चाँडो काम गर्ने उद्देश्यले नेपाली सेना र सडक विभागसँग कुराकानी भएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।

बाटो र पुल नबनेको अवस्थासम्म आयोजनालाई चाहिने उपकरण, सामान लैजान नसकिने भएकाले बाटो खोल्न विभिन्न उपाय अपनाइएको छ । पानी ल्याउनको लागि अम्बाथानको टनेल भरिएको बालुवा सफा गर्नुपर्ने हुन्छ । भरिएको बालुवा सफा गरेको अवस्थामा भदौ, असोज महिनाको अन्तिमसम्म सुरुङमा पानी हाल्न सकिने आयोजनाको भनाइ छ ।

बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवर्क, पुल तथा मुहानको संरचनामा क्षति पुर्याएको छ । बाटो बनेपछि सामान राख्ने ठाउँसँगै मानिस बस्ने संरचनासमेत बनाउनुपर्ने हुन्छ ।

हेडबक्ससम्म पुग्न पाँच वटा पुलको आवश्यकता पर्छ भने करिव पाँच किलो मिटर बाढीले पुरिदिएको सडक खोल्नुपर्ने तत्कालको लागि आवश्यक छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : २६ बजे

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ