१९ असार २०८३, शुक्रबार | July 3, 2026

प्रचण्डले भेटे एमाले वरिष्ठ नेता नेपाललाई



काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ ।

नेता नेपाललाई भेट्न प्रचण्ड जनकपुरबाट फर्केलगत्तै कोटेश्वर पुगेका थिए ।

एमालेभित्रको विवाद समाधानका लागि दोस्रोतहका नेताहरुको पहलमा पुनः सक्रिय भएको कार्यदलको बैठक बासिरहेकै बेला प्रचण्डले नेपाललाई भेट गरेका छन् ।

यतिबेला एमाले विवाद उत्कर्षमा पुगेको छ । सर्वोच्च अदालतमा आफु विरुद्ध मुद्दा हाल्न हस्ताक्षर गरेको भन्दै आगो भएका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहितका केही नेताहरुलाई पार्टीमा स्थान दिन नहुने अडानमा रहेका छन् । तर, ओली पक्षकै दोस्रो पुस्ताका कैयौं नेताहरुले भने पार्टी एकता वचाइराख्नुपर्ने बताउँदै नेपालसँग सहमति खोज्नुपर्ने दबाब ओलीलाई दिँदै आएका छन् ।

नेपाल पक्षमा पनि ओलीसँग एकतै गर्न हुँदैन भन्ने कट्टरपन्थी लाईनकै बीचमा एकता जोगाउनुनपर्ने दोस्रो तहका नेताहरुको जोड रहेको छ ।

सोमबारदेखि सक्रिय भएको कार्यदलको बैठक आज पनि सिंहदरबारमा बसेको छ ।

पार्टी एउटै भएपनि नेता नेपाल प्रधानमन्त्री केपी ओली विरुद्धको विपक्षी गठबन्धनमा सामेल छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : २५ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा

आठ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ

रुपन्देही अदालत : चार हजार १०९ मुद्दा फर्छ्योट

भैरहवा । जिल्ला अदालत रुपन्देहीले यस वर्ष सात हजार ६४२