१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

टाइब्रेकरमा स्पेनलाई हराउँदै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश



काठमाडौं । स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै इटाली युरोकप फुटबल २०२० को फाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्डस्थित वेम्बली स्टेडियममा बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । जहाँ स्पेनलाई ४-२ ले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको छ । इटालीका म्यानुएल लोकाटेलीको प्रहार गोलरक्षक उनाइ सिमोनले बचाए ।

तर, आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको किएजा र जोर्जिन्होले भने गोल गरे । पेनाल्टीमा स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे। डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

त्यस अगाडि पहिलो हाफमा निकै आक्रमक खेल खेलेको स्पेनले अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । ६० औं मिनेटमा फेडेरिकोले गोल गर्दै इटालीलाई शुरुवाती अग्रता दिलाएका थिए । सिरो इमोबिलको पासमा उनले गोल गरेका थिए ।

तर, ८० औं मिनेटमा स्पेन खेलमा फर्कियो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड अल्भारो मोराटाले गोल गर्दै खेल १(१ को स्थितिमा ल्याएका थिए । उनले पेनाल्टी क्षेत्रको बाहिरबाट ड्यानी ओल्मोले दिएको पासमा गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। योसँगै इटलीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ ।

फाइनलमा इटलीले डेनमार्क र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । यी दुई टोली दोस्रो सेमिफाइनलमा भोलि राति पौने १ बजे आमनेसामने हुनेछन्।

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : १६ बजे

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।