१ पुस २०८२, मंगलबार | December 16, 2025

दाङमा लागुऔषधसहित तीन जना पक्राउ



देउखुरी । दाङ प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट लागुऔषधसहित उनीहरुलाई आज पक्राउ गरिएको हो ।

घोराही उपमहानगरपालिका-१३ बडहरा टोलका २२ वर्षीय कृष्ण बुढाथोकी र वडा नं २ निवासी २३ वर्षीय नुवाजन चौधरीले रा ४ प १०७४ नं को मोटरसाइकल प्रयोग गरी ब्राउन सुगर कारोवार गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनीहरुका साथबाट ६०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले बताएको छ । यसैबीच राप्ती गाउँपालिका-१ भालुवाङ रातोडाँडा निवासी २७ वर्षीय एकेन्द्र पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको घरका कोठामा लागुऔषध लुकाइछिपाइ राखिएका अवस्थामा २।३५ मिलीग्राम ब्राउन सुगर प्रहरीले सोमबार बरामद गरेको हो । तीनै जनालाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ०४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज