१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

दमकबाट सात लाख नगदसहित ११ जुवाडे पक्राउ



दमक । तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट सात लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ ।

दमक-८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मङ्गलबार ११ बजे इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीसहितको टोलीले छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

प्रहरीले पक्राउ परेका साथबाट छ बुक ताससहित सात लाख ४५ हजार ५०० रुपैयाँ समेत बरामद गरेको उनले जानकारी दिए ।

पक्राउ पर्नेमा २९ वर्षीय घरधनी खतिवडासहित दमक-१ का ५४ वर्षीय नरेन्द्र थापा, सोही वडाका २३ वर्षीय नरेन्द्र लिम्बू, दमक-२ का ४३ वर्षीय हर्क धिमाल, दमक-६ का ३१ वर्षीय चन्द्र लिम्बू, दमक-७ का ४० वर्षीय कृष्ण खतिवडा, दमक-९ का ३७ वर्षीय सुरेन्द्र श्रेष्ठ, दमक-८ का ४४ वर्षीय पूर्णप्रकाश रिजाल, सोही वडाका २८ वर्षीय सुशन रिजाल, दमक-७ कै ३८ वर्षीय कुलराज खड्का र इलाम चुलाचुली-६ का ३७ वर्षीय हर्क लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए । रासस

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ५६ बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास