५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नेपालगन्जको जुवा अड्डामा प्रहरीको छापा, १३ लाख बढी रकम बरामद



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जमा संचालन भइरहेको एक जुवा अड्डामा छापा मारेको छ । नेपालगन्जस्थित एक ठुलो जुवाखालबाट नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जनबढी हाइप्रोफाइल जुवाडेहरुलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीको निर्देशनमा इन्स्पेक्टर यम बहादुर बुढामगरको कमाण्डमा गएको टोलीले गए राति ११ बजे नेपालगन्ज(बाइपासमा रहेको मौरी रेस्टुरेन्टको जुवाखालमा छापा मारेको हो । जुवाखालबाट बाँकेका हाइप्रोफाइल जुवाडेहरुलाई साढे १३ लाख रुपैयाँ बढीसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बिज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषी गुप्ता, तरुण गौतम, विनोद खड्का, महम्मद तफिक बेहना, रमेश शाही, संगम शाह रहेका छन् । प्रहरीका अनुसार अन्य जुवाडेहरुमा मधुसुदन दाहाल, मेघराज गौतम, भागीरथ यादव, नन्दलाल यादव र सुमन केसी रहेका छन् ।

मौरी रेस्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठुलो धनराशीसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवाखालबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र तासका गडडी समेत बरामद गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए ।

पक्राउ परेका सबै जुवाडेहरुलाई आज थप अनुसन्धानका लागि म्याद थपका लागि बाँके जिल्ला अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  १० : ४७ बजे

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को