५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बाँकेमा धमाधम कुखुराको खोरमा जुवा अड्डा सञ्चालन, खजुरापछि कोहलपुरमा प्रहरीको छापा



नेपालगन्ज । बाँकेमा कुखुराको खोरलाई जुवाडेहरुले जुवा अड्डा बनाउने गरेको फेला परेको छ । बाँकेको खजुरामा कुखुराको खोरमा संचालित जुवा अड्डाबाट जुवाडेहरु पक्राउ गरेको अर्को साता कोहलपुरमा पनि कुखुराको खोरमा जुवातास खेलिरहेका जुवाडेहरुलाई लाखौं रकम सहित प्रहरीले पक्राउ गरेको हो ।

कोहलपुरस्थित १५ चौधरीयागाउँमा संचालनमा रहेको एक ठुलो जुवाखालबाट प्रहरीले लाखौं रुपैयाँसहित जुवाखालका सन्चालकसहित ११ जना जुवाडेहरुलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा ठुलो जुवा भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर( १५ चौधरीयागाउँबाट गए राति साढे १२ बजे २ लाख ८८ हजार ८३५ रुपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।

जुवाडेहरुहरुलाई चौधरीयागाउँमा रहेको लक्ष्मी प्रसाद बोहराको कुखुरा फर्ममा बनाइएको जुवाखालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। प्रहरीका अनुसार जुवाखालबाट उक्त रकमसहित खोलिएका ७ र नखोलिएका ७ गडडी ताससहित पक्राउ गरिएको छ ।

जुवाखालबाट पक्राउ पर्ने जुवाडेहरुमा लक्ष्मी प्रसाद बोहरा,धन बहादुर परियार,मायाराम थारु,सन्जय चौधरी,राम शेवक थारु,किसन सुनार,सत्यनारायण थारु,खेम बहादुर क्षेत्री,चन्द्रराज गिरी,दिलिप सिंह ठकुरी र दिपेन्द्र थापा रहेको जिल्ला प्रहरीले जनाएको छ।

पक्राउ परेका जुवाडेहरुलाई हिरासतमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरलेले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

अघिल्लो सातामात्र बाँके प्रहरीले खजुरा ४ डि गाउँ स्थित कुखुराको खोर भित्र संचालन भइरहेको जुवा अड्डामा छापा मारेर ५ जना जुवाडेलाई पक्राउ गरेको थियो । खजुरा ४ डि गाउँ स्थित दिनेश शाहीले सञ्चालन गरेको ब्रोइलर कुखुरा पालन गर्न बनाइएको टहरो भित्र संचालन गरिएको जुवा अड्डामा प्रहरीले छापा मारेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : ०३ बजे

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली