७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

निर्वाचन आयोग पुगेर पूर्वमाओवादी नेताहरुले भने – माओवादी पार्टी अवैध छ, खारेज गर्दिनुस



काठमाडौं । एमालेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेका छन् ।

माओवादी पार्टी परित्याग गरी एमालेको केन्द्रीय कमिटीमा सामेल भएका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्र खारेजीको माग गर्दैै आयोग गएका हुन् ।

उनीहरुले आयोगमा माओवादी केन्द्र अवैध भएको दाबी पेश गर्न लागेका छन् । यही प्रयोजनका लागि लिलबहादुर थापा, रामचन्द्र मण्डल, टेबहादुर बलमपाखी, दधिराम न्यौपाने, टंक आङबुहाङ लगायतका पूर्वमाओवादी नेताहरु आयोग पुगेका हुन्। उनीहरुले आयोगका पदाधिकारी समक्ष माओवादी केन्द्र असंवैधानिक भएको दाबी गरेका छन् ।

एमालेको स्थायी कमिटीमा रहेका नेताहरुले प्रचण्ड नेतृत्वको माओवादीले २०६९ सालदेखि महाधिवेशन नगरेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा विजयी भएका मणि थापाबाहेकका नेताहरुको सांसद पद माओवादीको आग्रहमा निर्वाचन आयोगले खारेज गरेको छ ।

सांसद पद नभएपछि उनीहरुले खाइपाई आएको मन्त्री पदबाट बर्खास्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि उनीहरु पूर्वपार्टीप्रति आक्रमक बनेका हुन् । अवैधानिक पार्टीले कारवाही गर्दा आफुहरुको पद गएकोमा उनीहरुको आक्रोश रहेको छ ।

 

 

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १२ : ५३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल