२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगबाट ५ सदस्सीय इजलास गठन



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) भित्र देखिएको विवादको निरुपण गर्न ५ सदस्सीय इजलास गठन गरेको छ ।

आज (बुधबार) बसेको आयोगको पदाधिकारीहरुको बैठकले सर्वाेच्च अदालतको संवैधानिक इजलासको सिको गर्दै प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । दुबै पक्षको विवादको सुनुवाइका लागि आयोगले आगामी साउन ३ गते आइतबार दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ । आयोगले पठाएको पत्रमा पार्टीका आधिकारी प्रतिनिधि वा कानुन व्यवसायी राख्ने भए कानुन व्यवसायीलाई साथै लिएर आउन भनिएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगमा निवेदन दिएको थियो । सोही प्रकृतिको अर्को निवेदन लिएर महन्त-राजेन्द्र पक्ष पनि आयोग पुगेपछि जसपाको विवाद आधिकारीकरुपमा आयोगमा प्रवेश गरेको थियो ।

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ३ : ३५ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ