६ बैशाख २०८१, बिहिबार | April 18, 2024

नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमामा अपराधिक गतिबिधि रोक्न समन्वय गर्ने सहमति



नेपालगञ्ज । सीमानामा हुने अपराधिक गतिविधि, चोरी तस्करी तथा अवैध कार्यहरु रोक्न समन्वय र सहकार्य गर्ने निर्णय गर्दै नेपाल र भारतको सीमावर्ति जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरुविच समन्वय बैठक सम्पन्न भएको छ ।

भारतको बहराईच जिल्लाको नानपारामा सम्पन्न भएको सो बैठकमा दुबै देशका सुरक्षा अधिकारीहरुले सीमानामा हुने अपराधिक गतिविधि, चोरी तस्करी तथा अवैध कार्यहरु रोक्न समन्वय र सहकार्य गर्ने निर्णय गरेका छन् ।

नेपाल भारत सीमावर्ती दुबै तर्फ सीमावर्ति जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरु सरुवा भएर नयाँ आएकोले परिचयात्मक तथा समन्वय बैठकको आयोजना गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले जानकारी दिए ।

कोभिड १९ का कारण सीमानामा गरिएका कडाईलाई हालका लागि कायम राख्दै मुख्य नाका र अन्य साईड नाकाहरुबाट भैरहेका र हुनसक्ने अपराधिक तथा गैर कानुनी कार्यलाई रोक्न समन्वय र सहकार्य गर्ने निर्णय गरिएको बिष्टले बताए ।

विभिन्न अपराध गरेर नेपालबाट भारत तर्फ फरार हुने र भारतबाट नेपाल तर्फ आउने, तस्करी तथा अवैध आयात निर्यात गर्ने लगायतका अवैध कार्यलाई रोक्न सुचना आदान प्रदानदेखि पक्राउमा समेत सहयोग र समन्वय गर्ने विषयमा बैठकमा अनौपचारीक छलफल भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिए । उनले लिखित सहमति केहि नभएपनि परिचयात्मक कार्यक्रम सहित अपराध नियन्त्रणका लागि मोबाईल नम्बर आदान प्रदान गर्ने काम भएको बताए ।

बैठकमा भारतको तर्फबाट सहभागि भएका बहराईच जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. दिनेश चन्द्रले दुबै देशका सुरक्षा निकायबीच आपसी सहयोग, समन्वय र सहकार्यले सीमानालाई झनै सहज र प्रभावकारी बनाउन सकिनेमा जोड दिएका थिए ।

बैठकमा नेपालका तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी, राष्टिय अनुसन्धानका जिल्ला प्रमुख नगेन्द्र गिरी, शसस्त्र प्रहरीका प्रमुख एसपी अशोक बम, बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, प्रहरी प्रमुख एसपी ईश्वर कार्की लगायतको सहभागिता रहेको थियो भने भारतको तर्फबाट बहराईचका डीएम डा. दिनेश चन्द्र, प्रहरी प्रमुख एसपी सुजाता सिंह, अपर पुलिस अधिक्षक ग्रामिण अशोक कुमार, एसडीएम नानपारा राम आसरे बर्मा र एसडीएम मोतीपुर जेबी यादव लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ५८ बजे

१ लाख २० हजार घुस लिँदालिँदै जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल नेपालगन्जबाट पक्राउ

काठमाडौं । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति

रहेनन् पूर्वमुख्यसचिव शाक्य

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल

एकीकृत समाजवादीको महाधिवेशन सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग

उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । कवी तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर