१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

निर्वाचन केन्द्रीत नेपाल-भारत सुरक्षा बैठक सम्पन्न : निर्वाचन अवधिको ७२ घण्टा सीमानाका सिल गरिने



बुटवल । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमानाका ७२ घण्टा सील गरिने भएको छ । नेपाल र भारतका प्रशासन तथा सुरक्षा अधिकारीहरुको आज बसेको सुरक्षा समन्वय बैठकले निर्वाचन निर्वाचनको मिति भन्दा ३ दिन अगाडिबाट निर्वाचन सम्पन्न नहुँदासम्मको ७२ घण्टाको अवधि सीमा सील गर्ने निर्णय गरेको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि शनिबार नेपालतर्फबाट रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिम तथा भारततर्फबाट सिद्धार्थनगर, महाराजगंजका प्रशासन प्रमुख (डीएम) र सुरक्षा अधिकारीहरु बीच भएको संयुक्त सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट वोर्डर बन्द (सिल) गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

बैठकले सिमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैर कानूनी कार्यहरु नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने , सीमा क्षेत्रमा हुने साना हातहतियारको ओसारपसार, लागूऔषध ओसारपसारलगायतमाथि निगरानी तथा सुरक्षा उपाय अपनाउने बैठकले निर्णय गरेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : ०४ बजे

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा प्रमाणपत्र वितरण

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण