८ बैशाख २०८१, शनिबार | April 20, 2024

आज रुपन्देहीमा नेपाल-भारत अन्तरसीमा समन्वय सुरक्षा बैठक हुँदै



बुटवल । मंसिर ४ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल र भारतका प्रशासन र सुरक्षा अधिकारीबीच अन्तरदेशिय सुरक्षा बैठक हुने भएको छ । आज(शनिबार) अपरान्ह रुपन्देहीमा अन्तरसीमा समन्वय बैठकको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

बैठकमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी तथा सीमा जोडिएका भारतका भारतका सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डीएम र सुरक्षा अधिकारीको सहभागिता रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

आसन्न निर्वाचनमा केन्द्रीत रहेर सीमाक्षेत्रमा हुन सक्ने गतिबिधि र निर्वाचन लक्षित सीमानाका सिल गर्ने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । पाण्डेका अनुसार त्यस अलावा लागु औषध, साना हतियारको ओसारपसार, अपराधिक गतिबिधिका बारेमा सूचना आदान प्रदान जस्ता विषयहरु छलफलको एजेण्डा रहेको छ । बैठकमा चोरीपैठारी, आपराधिक गतिविधि नियन्त्रण, संयुक्त गस्ती र द्विपक्षीय सरोकारका विषयमा पनि छलफल हुने पाण्डेले जानकारी दिए ।

शनिबार बिहान ११ बजेदेखि रुपन्देहीको छपियास्थित लुम्बिनी रिसोर्टमा बैठक तय भएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : ३६ बजे

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि

आजको मौसम : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक