२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

हाम्रा डाक्टरहरु अलि सुरा छन्, विश्वस्तरको आविष्कार गर्न नेपाली वैज्ञानिक सक्षम छन् : प्रधानमन्त्री ओली



काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्ता मै विद्धान तयार गर्न नसकिने बताएका छन् ।

नास्टद्वारा गत वर्ष विज्ञान र प्रविधिका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्तिहरुलाई सम्मान गर्न बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पुर्वजहरुले कयौ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताए ।

ओलीले प्रकृति प्रदप्त साधन स्रोत र पुर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिकहरु सक्षम बन्ने विश्वास व्यक्त गरे । ओलीले हरेक नागरिकलाई आआफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनुपर्ने बताए ।

समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्न अभाव र विभेद रहित, शान्त सभ्य र मानवीयता युक्त समाज आवश्यक भएको बताउँदै उहाँले सभ्यताको गौरवपूर्ण इतिहास एवं वैदिककालमा रहेको समतामुलक समाज जरुरी भएको उनको भनाइ थियो ।

देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोस्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको प्रधानमन्त्री ओलीले बताए । ‘हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो । बाहिरका डाक्टरहरुले केही समय डायलाइसिस मै बस्नुपर्ने जस्तो कुरा गरेका थिए, यहाँका डाक्टरले हामीले गर्छौ भने’, उनले भने । पहिलो पटक गर्दा बारम्बार संक्रमणहरुले सताउने गरे पनि दोस्रो पटकको प्रत्यारोपणपछि भने त्यस्तो संक्रमण झेल्नु नपरेको र १२/१३ दिनमै कार्यक्रममा भाग लिन थालेको उनले स्मरण गरे ।

प्रधानमन्त्रीले नेपालीहरुमा पुर्खाबाट आएको आनुवंशिक ज्ञानका आधारमा नव प्रतिभाहरुबाट विज्ञानका ठूला अनुसन्धान हुनसक्ने समेत बताए । परापुर्व कालमा औषधि विज्ञानका क्षेत्रमा महर्षी चरकको असाधारण योगदान, सल्यचिकित्साको क्षेत्रमा श्रुषुत संहिताको विकास भएको समेत उनले उल्लेख गरे । पुरै विश्व खगोलबारे अन्धकारमा हुँदा तारा नक्षत्र आदि गनेर तिनका गति पत्ता लगाउने आदि गणितज्ञ भाष्कराचार्यले गरेको योगदान समेत उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली प्रतिभा प्रष्फुटनका लागि थुपै स्थान बाँकी रहेको बताए ।

विज्ञान प्रविधिकै माध्यमबाट देशमा जमिनको उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा उनको थियो । ‘सन् १९७०को दशकसम्म अन्न उत्पादन नहुने भएकोले एक छाक मात्रै अन्न खाने इजरायल अहिले अन्न निर्यातक देश भएको छ, र त्यहाँ कामगर्दै सिक्दै गरेका नेपाली युवा फर्केर यहाँ नमुनायोग्य काम गरिहेका छन्’, ओलीले भने, ‘हामीकहाँ इजरायलमा भन्दा धेरै गर्न सकिने गरी तीनै खालको मौसम रहेको उल्लेख गर्दै उहाँले यसका लागि आत्मविश्वास पैदा गर्नु जरुरी रहेको छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत २०७७ सालको नास्ट प्रकृति संरक्षण पुरस्कार, विश्व वन्य जन्तु कोष नेपाललाई र नवप्रवर्तनको नयाँ उचाईमा प्रबर्धन गरे बापत सोही वर्षको कुलपति राष्ट्रिय नवप्रर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका थिए ।

यसै गरी उनले हिमाली क्षेत्रमा जलवायु प्रभावबारे सफल अनुसन्धान गरेबापत उत्तमबाबु श्रेष्ठ लाई विज्ञान प्रविधि पुरस्कार तथा कोभिड सम्बन्धी विशेष अनुसन्धानका लागि शुक्रराज ट्रपिकल अस्पतालका शेरबहादुर पुन उपत्यकको भूमिगत जल संचयबारे अनुसन्धानका लागि भेषराज थापा, कोभिड एन्टीबडीसम्बन्धी अनुसन्धानका लागि सुनिता गौतमलाई विज्ञान पुरस्कार प्रदान गरे ।

कार्यक्रममा डा आनन्द मिश्रलाई धानको भुसबाट विशेष मल तयार गर्ने प्रविधि विकास गरे बापत, डा अनुपमान श्रेष्ठलाई बालिरोग नियन्त्रणमा जैविक विषादी सम्बन्धी अनुसन्धान गरेबापत र डा सागर रेग्मीलाई क्यान्सर र व्यायमको अन्तरसम्बन्ध सम्बन्धी अनुसन्धानका लागि विज्ञान पुरस्कार प्रदान गरिएको थियो । यसैगरी, महिला विज्ञान पुरस्कार डेंगुरोग फैलनमा तापक्रमको भुमिकाबारेको अनुसन्धानका लागि रेश्मा तुलाधरलाई प्रदान गरिएको थियो । विद्यालयमा विज्ञान शिक्षाको प्रवर्धन गरेबापत राजधानीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

यसै गरी खगोल विधा र स्पेस रोबोटिकका लागि मनिषा द्वार, विज्ञान पत्रकारिताका लागि गोविन्द प्रसाद पोखरेललाई विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।

 

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ५ : ४४ बजे

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले