१० पुस २०८२, बिहिबार | December 25, 2025

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड अझै खुलेन, बुटवल-नारायणघाट सडक हलुका सवारी साधनका लागि खुल्ला



बुटवल । विगत ३ दिनबाट आएको अविरल वर्षका कारण लुम्बिनी प्रदेशको बिभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध भएका सडक कतै एकतर्फी खुलेका छन् भने कतै अहिले सम्म खुल्न सकेका छैनन् ।

गयरातीबाट अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्ड आज राती पनि खुल्न सकेन भने अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्गको कावासोती थाना नजिकै ह्मिपाईप बगाएर अवरुद्ध भएको सडक साना सवारी साधनलाई मात्र एकतर्फी खुल्ला गरिएको छ । उता भालुवाङ प्युठान सडक आज साँझबाट एकतर्फी खुलेको छ ।

सिद्धार्थ राजमार्गको तिनाउ ५ ढुंगाखानीमा ६ घर पुर्ने गरि आएको पहिरो आज दिनभरी पनि हटाउन नसकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । भोली दिउँसो सम्ममा थप वर्ष नएका सडक सुचारु हुने प्रदेश ट्राफिक प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए । नारायणभाट मुग्लीन सडक पनि अवरुद्ध रहेको भन्दै डीएसपी पाण्डेले राजधानी काठमाडौको लागि यात्रा तय नगर्न नागरिकलाई आग्रह गरेका छन् ।

उता पूर्व पश्चिम राजमार्गको कावासोती थाना नजिकै भत्किएको सडकमा डाइभर्सन बनाएर साना गाडीहरु संचालनमा ल्याईएपनि ठुला सवारी साधन सुचारु हुन नसकेको नवलपुर प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताएका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १० : २० बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न