१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सय दिनसम्म बुटवल-पाल्पा सडक हरेक रात ६ घण्टा बन्द हुने



पाल्पा । आगामी सोमबारबाट सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा दोभान खण्ड हरेकदिन ६ घण्टा बन्द गरिने भएको छ । दैनिक ६ घण्टा रातको समयमा सडक बन्द गरेर काम सुचारु गर्न झण्डै एक सय दिन सडक बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सुरुङ मार्ग निर्माणको क्रममा सवारी साधन संचालनका क्रममा जोखिम बढेकाले रातको समयमा बेलुका १० बजे देखि बिहान ४ बजे सम्म अत्यावश्यक सवारीका साधन बाहेक अन्य साधनलाई पुर्णरुपमा रोक लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द प्रसाद काफ्लेले जानकारी दिए।

सडक बन्द गर्ने विषयमा छलफल गर्न राजमार्ग सुरक्षा ट्राफिक कार्यालय, पाल्पा प्रहरी, सडक डिभिजन पाल्पा, सुरुङमार्ग परियोजना कार्यालय यातायात ब्यवसायीहरु सहित सरोकारवालाहरुबीच बसेको बैठकले सय दिनसम्म सडक बन्द गरेर काम अगाडि बढाउने निर्णय गरेको प्रजिअ काफ्लेले बताए ।

यसैगरी तानसेन रानीमहल खण्डको बिभिन्न स्थानमा मर्मत गर्नुपर्ने भएकाले यस खण्डमा पनि सय दिन सडक बन्द गरी मर्मतको कार्य अगाडि बढाउने प्रजिअ काकाफ्लेले बताए ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ८ : ३६ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्