१ आश्विन २०८३, बिहिबार | September 18, 2026

सय दिनसम्म बुटवल-पाल्पा सडक हरेक रात ६ घण्टा बन्द हुने



पाल्पा । आगामी सोमबारबाट सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा दोभान खण्ड हरेकदिन ६ घण्टा बन्द गरिने भएको छ । दैनिक ६ घण्टा रातको समयमा सडक बन्द गरेर काम सुचारु गर्न झण्डै एक सय दिन सडक बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सुरुङ मार्ग निर्माणको क्रममा सवारी साधन संचालनका क्रममा जोखिम बढेकाले रातको समयमा बेलुका १० बजे देखि बिहान ४ बजे सम्म अत्यावश्यक सवारीका साधन बाहेक अन्य साधनलाई पुर्णरुपमा रोक लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द प्रसाद काफ्लेले जानकारी दिए।

सडक बन्द गर्ने विषयमा छलफल गर्न राजमार्ग सुरक्षा ट्राफिक कार्यालय, पाल्पा प्रहरी, सडक डिभिजन पाल्पा, सुरुङमार्ग परियोजना कार्यालय यातायात ब्यवसायीहरु सहित सरोकारवालाहरुबीच बसेको बैठकले सय दिनसम्म सडक बन्द गरेर काम अगाडि बढाउने निर्णय गरेको प्रजिअ काफ्लेले बताए ।

यसैगरी तानसेन रानीमहल खण्डको बिभिन्न स्थानमा मर्मत गर्नुपर्ने भएकाले यस खण्डमा पनि सय दिन सडक बन्द गरी मर्मतको कार्य अगाडि बढाउने प्रजिअ काकाफ्लेले बताए ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ८ : ३६ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा