१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

चीनबाट आज ८ लाख डोज कोरोना खोप नेपाल आइपुग्दै



काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप चीनबाट आज नेपाल आइपुग्दै छ ।

नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० विमान भेरोसेलको खोपको पहिलो खेप अन्तर्गत ८ लाख डोज लिएर आज काठमाडौं आउँदैछ ।

निगमका अनुसार चालक दलका १२ जना सदस्यसहित विमान हिजो चीन उडेको थियो । वाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।

सरकारले सरकार-सरकार (जिटुजी) सम्झौता मार्फत चीनबाट खोप ल्याउन लागेको हो । त्यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते दोस्रो खेप ल्यााउने छ । त्यसैगरी साउन ७ गते पुनः जहाज चीन गएर साउन ८ गते तेस्रो खेपल ल्याउने छ ।

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आइसकेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : ५६ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले