७ आश्विन २०८३, बुधबार | September 23, 2026

चीनबाट आज ८ लाख डोज कोरोना खोप नेपाल आइपुग्दै



काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप चीनबाट आज नेपाल आइपुग्दै छ ।

नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० विमान भेरोसेलको खोपको पहिलो खेप अन्तर्गत ८ लाख डोज लिएर आज काठमाडौं आउँदैछ ।

निगमका अनुसार चालक दलका १२ जना सदस्यसहित विमान हिजो चीन उडेको थियो । वाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।

सरकारले सरकार-सरकार (जिटुजी) सम्झौता मार्फत चीनबाट खोप ल्याउन लागेको हो । त्यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते दोस्रो खेप ल्यााउने छ । त्यसैगरी साउन ७ गते पुनः जहाज चीन गएर साउन ८ गते तेस्रो खेपल ल्याउने छ ।

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आइसकेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : ५६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई