१५ बैशाख २०८१, शनिबार | April 27, 2024

एमाले अध्यक्ष ओलीले बोलाएको एमाले स्थायी कमिटी बैठक नबसी स्थगित



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एमाले कार्यदलले सहमतिको मस्यौदा तयार गर्न समय माग गरेका कारण बैठक बस्दै नवसी सोमबार साँझसम्मका लागि स्थगित भएको हो ।

कार्यदलबाट तयार भएको पार्टी एकताबद्ध राख्ने बुँदाहरुमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएको र नेता नेपाललाई मनाउने प्रयास जारी रहेकाले सोमबारसम्मका लागि बैठक स्थगित गरिएको बताईएको छ ।

बैठक जारी रहेकै बेला कार्यदलमा नेपाल पक्षका नेता घनश्याम भुसार नेपाल भेटन निवासमै पुगेका थिए भने आजको बैठक बस्नु अघि पनि नेपाल पक्षका कार्यदलका सदस्यहरुले नेपालसँग बैठक गरेर कार्यदलको बैठकमा आएका थिए ।

शनिबारको बैठकले आईतबार सहमतिको दस्तावेज तयार हुने र एकताको सन्देश जाने निश्चित भएको कार्यदलमा दुबै पक्षका नेताहरुले बताएका थिए । सोही अनुसार मस्यौदाबारे छलफल गर्न अध्यक्ष ओलीले आइतबार चार बजेका लागि स्थायी कमिटीको बैठक डाकेका थिए। पछिल्लो समयमा ओली र नेपाल पक्षबीच अदालतको फैसलाअघि वा पछि कहिले सहमति गर्ने भन्ने विषयमा कुरा अड्किएको बुझिएको छ । आइतबार मध्यान्ह राष्ट्रियसभामा बोल्दै एमाले उपाध्यष्क्ष बामदेव गौतमले अदालतको फैसला आएपछि मात्र सहमति हुने बताएका थिए ।

ओली पक्ष फैसलाअघि र नेपाल पक्ष फैसलापछि सहमति गर्ने पक्षमा रहेको छ। नेता नेपालले अदालतको फैसलालाई प्रभावित हुने गरी अध्यक्ष ओलीसँग कुनै प्रकारको सहमति नहुने अडान लिएका छन्।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : ०२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग