३ पुस २०८२, बिहिबार | December 18, 2025

कार्यदलमा सहमति नजुट्दै ओलीले बोलाए एमाले कन्द्रीय कमिटीको बैठक



काठमाडौं । सहमतिको प्रयास भन्दै आज बस्दै नबसी स्थगित भएको एमाले स्थायी कमिटीको बैठक पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । नेकपा एमालेको कार्यदलमा सहमतिको प्रयास जारी रहेक बेला ओलीले असार २९ गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

एमाले बिधानमा स्थायी कमिटी बैठकले एजेण्डा तय गरेपछि मात्र केन्द्रीय कमिटी बैठक बोलाउने व्यवस्था भएपनि ओलीले स्थायी कमिटी बैठक स्थगित गरेर सिधै केन्द्रीय कमिटी बैठक बोलाएको एमालेको नेपाल पक्षीय एक केन्द्रीय सदस्यले बताए ।

यसअघि नै ओलीले केन्द्रीय समिति बैठकमा सर्वोच्चबाट आदेश आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने बताए बमोजिम २९ गतेका लागि बैठक डाकेका हुन् । सर्वोच्चले भोलि (असार २८ गते) फैसला सुनाउँदैछ ।

यस्तै आजै बोलाइएको स्थायी कमिटी बैठक पनि भोलि बेलुकाका लागि सारिएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : २३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका