१९ असार २०८३, शुक्रबार | July 3, 2026

कार्यदलमा सहमति नजुट्दै ओलीले बोलाए एमाले कन्द्रीय कमिटीको बैठक



काठमाडौं । सहमतिको प्रयास भन्दै आज बस्दै नबसी स्थगित भएको एमाले स्थायी कमिटीको बैठक पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । नेकपा एमालेको कार्यदलमा सहमतिको प्रयास जारी रहेक बेला ओलीले असार २९ गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

एमाले बिधानमा स्थायी कमिटी बैठकले एजेण्डा तय गरेपछि मात्र केन्द्रीय कमिटी बैठक बोलाउने व्यवस्था भएपनि ओलीले स्थायी कमिटी बैठक स्थगित गरेर सिधै केन्द्रीय कमिटी बैठक बोलाएको एमालेको नेपाल पक्षीय एक केन्द्रीय सदस्यले बताए ।

यसअघि नै ओलीले केन्द्रीय समिति बैठकमा सर्वोच्चबाट आदेश आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने बताए बमोजिम २९ गतेका लागि बैठक डाकेका हुन् । सर्वोच्चले भोलि (असार २८ गते) फैसला सुनाउँदैछ ।

यस्तै आजै बोलाइएको स्थायी कमिटी बैठक पनि भोलि बेलुकाका लागि सारिएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : २३ बजे

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा