१२ असार २०८३, शुक्रबार | June 27, 2026

युरोकप फाइनल : पहिलो हाफमा इटालीविरुद्ध इंग्ल्यान्डलाई अग्रता



काठमाडौं । युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा घरेलु टोली इंग्ल्यान्डले इटालीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । वेम्बली मैदानमा खेलको सुरुवातमै गोल गर्दै इंग्ल्यान्डले १-० को अग्रता लिएको हो ।

खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो । इटालीको कर्नरबाट अघि बढेको इंग्ल्यान्डको काउन्टर अट्याकमा शा गोल गर्न सफल भएका थिए । दायाँ विंगबाट काइरान ट्रीपिएरले दिएको क्रसलाई शाले बायाँ भागबाट पहिलो टचमा नै गोल गरेका थिए ।

आठौं मिनेटमा इटालीका लोरेन्जो इन्सिग्नेको फ्रिकिकले वाल पार गरेपनि गोलरक्षक जोर्डन पिकफर्डलाई कुनै समस्या दिन सकेन । १४ औं मिनेटमा मेसन माउन्टको क्रसमा गोलरक्षक जियानलुइजी डोनारुम्माले सहज बचाउ गर्दै खतरा टारे ।

२८ औं मिनेटमा इन्सिगनेले इंग्ल्यान्डको रक्षापंक्ति तोडेपनि उनको अन्तिम प्रहारले पोस्टको दिशा लिन भने सकेन । ३५ औं मिनेटमा फेडेरिको किएजाले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको प्रहारमा गोलरक्षक पिकफर्ड बिट भएपनि पोस्टभन्दा थोरैले बाहिरियो ।

इन्ज्युरी समयमा चिरो इम्मोबिलेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा डिफेन्डर जोन स्टोन्स बाधक बने । त्यसपछि दुवै टोलीले गोलको अवसर सिर्जना नगर्दा इंग्ल्यान्ड पहिलो हाफमा अग्रता जोगाउन सफल रहयो ।

आजको खेलबाट इङ्गल्यान्ड इतिहास रच्ने दाउमा छ । ५५ वर्षपछि कुनै पनि ठुलो प्रतियोगिताको फाइनलमा पुगेको यो टोलीले यसअघि १९६६ मा विश्वकपको फाइनल जितेको थियो । यता, चारपटकको विश्वविजेता तथा १९६८ को युरो विजेता इटाली पनि यो पटक आफ्नो पक्षमा उपाधि पार्ने दाउमा छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : ४३ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३