२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

युरोकप फाइनल : इटालीले दोस्रो हाफमा बराबरी गोल फर्काएपछि अतिरिक्त समय थपियो



काठमाडौं । युरोपेली च्याम्पियनसिप २०२० को फाइनल अन्तर्गत इंग्ल्यान्ड र इटालीबीचको खेल अतिरिक्त समयमा लम्बिएको छ । इटालीले दोस्रो हाफमा बराबरी गोल फर्काएपछि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको हो ।

खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो । इटालीको कर्नरबाट अघि बढेको इंग्ल्यान्डको काउन्टर अट्याकमा शा गोल गर्न सफल भएका थिए । दायाँ विंगबाट काइरान ट्रीपिएरले दिएको क्रसलाई शाले बायाँ भागबाट पहिलो टचमा नै गोल गरेका थिए ।

दोस्रो हाफमा इटालीले सुधारिएको खेल प्रदर्शन गर्दै खेलमा फर्कियो । ६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा खेल बराबरी गर्यो । बेरार्डीको कर्नरमा भेराट्टीको हेडरलाई पिकफर्डले बचाएपनि पोस्टमा लाग्दै फर्केको बलमा बोनुचीले कुनै गल्ती गरेनन् । इंग्ल्यान्डको डिफेन्सले क्लिअर गर्न नसकेको सेट पिसमा इटाली खेलमा फर्किएको थियो ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : ५४ बजे

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा