१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

नेपाललाई चाहिएजति खोप उपलब्ध गराउन चीन तयार छ : चिनियाँ राजदूत यान्छी



काठमाडौं । चीनले नेपाललाई थप खोप उपलब्ध गराउन तयार रहेको जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालको आवश्यकता अनुसार खोप उपलब्ध गराउन चीन तयार रहेको बताएकी हुन् ।

चिनियाँ दूतावासद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले कोभिड १९ विरुद्धको नेपालको लडाईंमा चीनको सधैं साथ र सहयोग रहने प्रतिवद्धता जनाइन । राजदूत यान्छीले नेपाललाई चीनले १८ लाख डोज खोप सहयोग गरिसकेको र चीनबाटै थप ४० लाख डोज खोप नेपालले खरिद गरेको बताइन । खरिद गरिएको सबै खोपको मात्रा केही दिनभित्रै नेपाल आइपुग्ने जनाउँदै यान्छीले नेपालको आवश्यकता र मागअनुसार थप खोप र अन्य सहायता उपलब्ध गराउन चीन सधैं तयार रहेको जनाइन । राजदूत यान्छीले नेपालको खोप अभियानले छिट्टै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । उनले नेपाल र नेपाली जनतालाई सहयोग गर्न पाउँदा चिनियाँ जनता खुशी हुने बताइन् ।

राजदूत यान्छीले नेपाल बेल्ट एण्ड रोड इनिसियटिभको महत्वपूर्ण साझेदार मुलुक भएको भन्दै अन्तरहिमालय बहुआयामिक विकासले नेपाल र क्षेत्रकै उन्नती हुने बताइन् । नेपाल र चीनबीच कैयौं वर्षदेखि रहँदै आएको सुमधुर सम्बन्धको चर्चा गर्दै राजदूत यान्छीले दुईपक्षीय सहयोग र विकासमा दुवै मुलुक एकअर्काका सहयोगी बन्ने बताइन । नेपालले अन्तराष्ट्रिय मञ्चमा चीनको पक्षमा देखाउँदै आएको समर्थनप्रति यान्छीले आभार प्रकट गरिन ।

राजदूत यान्छीले नेपाल लगायत दक्षिण एशियाली मुलुकका राष्ट्रहरुको साझा समस्या समाधानका लागि मिलेर काम गर्न चीन तयार रहेको बताइन । चीनकै पहलमा सार्क राष्ट्रअन्तर्गतका पाँच देश नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तानबीच सहकार्य र समन्वयको मोडालिटीबारे विदेशमन्त्री वाङ यीले आफै पहलकदमी लिएको राजदूत यान्छीले बताइन । कोरोना भाइरको महामारी र अन्य सबैखाले संकटको बेलामा समेत प्रयोग गर्नेगरी सिचुआन प्रान्तको छेन्दुमा आपतकालीन सहयोग केन्द्र स्थापना भएको उनले जानकारी दिइन ।

राजदूत यान्छीले चीनबाट निरपेक्ष गरिबी उन्मुलनको ऐतिहासिक घोषणा भएको बताउँदै नेपालको गरिबी निवारणका लागि चीनले सघाउने प्रतिवद्धता जनाइन ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ११ : ३५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग