१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

देउवाले विश्वासको मत हासिल नगरे चुनावमा जानपर्ने हुनसक्छ : महामन्त्री कोइराला



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले फेरि पनि प्रतिनिधिसभा विघटन हुने र समय अगावै चुनावमा जानपर्ने अवस्था आउने बताएका छन् ।

पार्टी सभापति शेरबहादु देउवालाई प्रधानमन्त्री बन्दै गरेकोमा बधाई दिन बुढानिलकण्ठ पुगेका महामन्त्री कोइरालाले संचारकर्मीहरुसँग कुरा गर्दै फेरि चुनावमा जानुपर्ने अवस्था आउनसक्ने बताएका हुन् ।

कोइरालाले देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था नरहे चुनावमा जानुको विकल्प नरहने बताए । उनले भने, ‘अरू आएनन् भने त विश्वासको मत प्राप्त गर्न सकिँदैन। चुनावमै जानुपर्ने हुन्छ ।’

देउवाले विश्वासको मत हासिल गर्न एमालेको माधवकुमार नेपाल पक्षका कम्तिमा १५ सांसदको समर्थन आवश्यक पर्छ । देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतमा नेपाल पक्षका २३ जना सांसदको हस्ताक्षर रहेको थियो ।

महामन्त्री कोइरालाले सबैलाई मिलाएर सानो संख्यामा मन्त्रिपरिषद् गठन गर्नुपर्ने बताए । उनले चुनावमा जाने अवस्था आएमा कांग्रेसले जित्ने गरी त्यसको तयारी गर्नुपर्ने बताए ।

कोइरालाले कांग्रेस महाधिवेशन निर्धारित समयमा नै हुने बताए । कांग्रेसले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १० : ५७ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,