२ पुस २०८२, बुधबार | December 17, 2025

एमाले वरिष्ठ नेता नेपालले बुझे कार्यदलले तयार पारेको १० बुँदे सहमतिको मस्यौदा



काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको पार्टी एकताको १० बुँदे सहमतिको प्रस्ताव एमाले वरिष्ठ नेतामाधव कुमार नेपालले बुझेका छन् । १० सदस्सीय कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव नेता नेपाललाई बुझाउन कार्यदलमा नेपाल पक्षका संयोजक भिम रावल सहित ओली पक्षका संयोजक सुवास नेम्वाङ र उप महासचिव विष्णु पौडेल नेपाल निवास कोटेश्वर पुगेका थिए ।

कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति तयार गरेको थियो । कार्यदलमा जुटेको सहमतिपत्र सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको थियो भने आज वरिष्ठ नेता नेपाललाई बुझाइृएको छ ।

सोमबार अध्यक्ष ओली समूहको स्थायी कमिटी अनौपचारिक बैठक चलिरहेका बेला रावल सहित कार्यदलका सदस्यहरुले बैठक कक्षमै प्रवेश गरेर सहमतिपत्र बुझाएका थिए । ओलीलाई सहमति पत्र बुझाउने बेलामा पनि नेपाल पक्षबाट कार्यदलका संयोजक रावल बालुवाटार पुगेका थिए ।

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १ : ०८ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन